मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्न विपक्षी गठबन्धनको माग

काठमाडौं : राजीनामा दिएका शंकर पोखरेललाई पुनस् लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरिएकोमा विपक्षी गठबन्धनका नेताहरुले आपत्ति जनाएका छन्।अल्पमतमा परिसकेका पोखरेललाई पुनस् नियुक्त गरिनु असंवैधानिक कदम भन्दै विपक्षी गठबन्धनले आपत्ति जनाएका हुन्। माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका नेताहरुले ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहलाई भेटेर सरकारको नेतृत्वमा दाबी गर्दै पोखरेलको सपथग्रहण रोक्नसमेत माग गरेका छन्।प्रदेश प्रमुखलाई भेटेर पोखरेललले आफ्नो पक्षमा रहेका भनेक