राजेन्द्र महतोको अभिव्यक्ति विरुद्ध एमालेका १५ नेताको संयुक्त वक्तव्य

शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त भएका जसपाका नेता राजेन्द्र महतोको अभिव्यक्तिको एमालेका १५ नेताले विरोध गरेका छन् । शनिबार एमालेका पूर्व महासचिव माधव कुमार नेपालसहितका १५ नेताले एक संयुक्त वक्तव्य निकाल्दै नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै आपत्ति जनाइएको छ । ‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रि