भर्पाइविनै १० लाख खर्च : साविक गाविसका सचिवहरूको भागाभाग

काठमाडौं :  सरकारले तोकेको वार्षिक सञ्चालन खर्च ४ लाखबाट बढाएर साविकका गाउँविकास समितिका सचिवहरुले थप रकम खर्च गरेको खुलासा भएको छ । लेखापरीक्षणमा खर्चको बिल भर्पाइ जुटाउन नसकेपछि सचिवहरुको भागाभाग भएको छ भने केही सचिवहरूले लेखा परीक्षणमा खटिई आउने मलेपका डोर टोलीलाई मिलाइसकेको बताउन थालेका छन् । मल...

सम्बन्धित सामग्री

ओखलढुंगा प्रहरीलाई अत्याधुनिक नयाँ भवन

साविक प्रहरी परिसरमा १० करोड १० लाख ४४ हजार ९१ रुपैया ८१ पैसाको लागतमा निर्मित भवन सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो।...

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । जितसँगै एपीएफले रु १० लाख पुरस्कार प्राप्त गरेको छ । दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो । उपविजेता आर्मीले रु पाँच …

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो । जितसँगै एपीएफले १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले […]

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, सबै आवेदकले पाए शेयर

असोज ६, काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।  कम्पनीले भदौ १ गतेदेखि १५ सम्म आयोजना प्रभावित स्थानीयको लागि निष्कासन गरेको शेयर बुधवार बाँडफाँट गरेको हो । उक्त आईपीओमा ३ हजार ८५७ जना योग्य आवेदकबाट आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन गर्ने योग्य सबै आवेदकले शेयर पाएका छन् । सबै आवेदकले न्यूनतम १० कित्ता देखि १४० कित्तासम्म शेयर पाएका हुन् । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री गरेको हो ।  कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानीय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर विक्री गरेको थियो ।  बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीहरुका लागि विक्री गरेको हो ।

न्यादी हाइड्रोपावरको आईपिओ बाँडफाँड, कसले कति कित्ता पाए ?

न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ  । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बुधबार शेयर बाँडफाँड गरेको हो । कम्पनीले भदौ १ गतेदेखि  लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक शेयरधनीका कर्माचारीलाई गरि १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो  । जस मध्ये अति प्रभावित क्षेत्र तोकिएको मर्स्याङ्दी गाउपालिका वडा नम्बर ३ (साविक खुदी गाविस वडा नम्बर १,२, ३, र ६), मर्स्याङ्दी गाउपालिका वडा नम्बर ६,७ र ८ (साविक बाहुनडाँडा गाविस र भुलभुले गाविसका सम्पूर्ण वडाहरु) का स्थानीयलाई ५ लाख कित्ता शेयर निष्काशन भएको थियो ।  यस समुह अन्तर्गत  १० देखि १४० कित्ता शेयरको लागि आवेदन दिने माग गरे बमोजिम कै शेयर पाएका छन् भने १५० देखि ३० हजरस्देममको लागि आवेदन दिने मध्येबाट १३ सय ५६ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन्  ।त्यस्तै कम्पनीले यी बाहेक जिल्लाका अन्य स्थानीयलाई १० लाख कित्ता शेयर निष्काशन भएको थियो । यस अन्तर्गत १० देखि ३० कित्तासम्मको लागि आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन् भने ४० देखि २५ हजार कित्तासम्मको लागि आवेदन दिने मध्येबाट १८ हजार २ सय ३६ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन्।  साथै कम्पनीको संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयर पनि आज नै बाँडफाँड गरिएको छ । स्थानीयको शेयर बाँडफाँड भएसंगै अब कम्पनीलाई सर्बसाधारणको लागि शेयर निष्काशन गर्ने बाटो खुलेको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई छुट्याएको छ । सर्वसाधारणलाई छुट्याईएको २२ लाख ५० हजार मध्ये १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ। हाल कम्पनीको जारी पुँजी डेढ अर्ब रहेको छ ।   कम्पनीले नागरिक लगानी कोषलाई शेयर प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरिसकेको छ । सर्वसाधारणलाई शेयर जारि गर्दा बिक्रि नभई बाँकि रहेको शेयर कोषले  खरिद गर्ने छ ।  कम्पनीले लमजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीमा बुटवल पावरको समेत लगानी छ ।

न्यादी हाइड्रोपावरले भदौ १ गतेदेखि आईपीओ निष्कासन गर्ने

साउन २४, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स. का वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानीय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर निष्कासन गर्नेm भएको हा । बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीहरुका लागि विक्री गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा भदौ १५ गते हुनेछ भने ढिलोमा भदौ ३० गते हुनेछ । यस आईपीओमा एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ । उक्त शेयर खरीदका लागि आवेदकले न्यूनतम १० कित्ता आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।  आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

मध्य भोटेकोशी जलविद्युतको आईपीओमा पहिलो दिन २८१ जनाले दिए आवेदन

साउन ६, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन २८१ जनाको आवेदन परेको छ ।  कम्पनीले साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र अन्य स्थानियका लागि यसअघि विक्री स्थगित गरेको आईपीओ पुनः विक्रीमा ल्याएको हो ।  पहिलो दिन आयोजना प्रभावित ३७ जना स्थानियबाट रू. १० लाख ५६ हजार बराबरको १० हजार ५६० कित्ताका लागि र अन्य २४४ भने जिल्लाका वासिन्दाहरुबाट रू. ५९ लाख ७० हजार बराबरको ५९ हजार ७०० कित्ताका लागि  आवेदन परेको हो । यसरी हेर्दा पहिलो दिनमै कम्पनीको आईपीओ खरीदका लागि कुल २८१ जना आवेदकहरुबाट रू. ७० लाख २६ हजार बराबरको आवेदन परेको छ ।  कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती र मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुसमेतको लागि कुल ६० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो ।  कम्पनीले कुल कित्तामध्य आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थानियका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो । यो शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै यस आईपीओ खरीदका लागि सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौं जिल्लामा ७ ओटा संकलन केन्द्र तोकिई आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ । साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने व्यवस्था छ । यस अघि वैशाख २१ गतेदेखि २३ गतेसम्म आवेदन दिएका आवेदकहरुले भने पुनः आवेदन दिनुनपर्ने समेत कम्पनीको भनाइ छ ।  यो आईपीओ छिटोमा साउन १७ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि साउन ३२ गतेसम्म विक्रीमा रहने कम्पनीको भनाई छ । आईपीओ खरिदका लागि  न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था छ । सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न वैशाख ५ गतेनै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न लागेको हो । स्थानियपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । यस अघि कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ ।

मरेका मान्छेको नाममा सवा १० लाख भत्ता हिनामिना, दुई सचिवविरुद्ध मुद्दा

काठमाडौं : मृत्यु भइसकेका मानिसहरुको नाममा किर्ते गरी सामाजिक सुरक्षा भत्तावाफतको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सचिवविरुद्ध मुद्दा दायर गरेको छ।जाजरकोटको साविक लहँ गाविसका सचिव दोर्ण प्रसाद पौडेल र दिपक सुनार विरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।पौडेलले विभिन्न आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गर्दा झुठा कागज तयार गरी पाँच लाख ९३ हजार दुई सय रुपैयाँ हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ।पौडेलले सामाजिक सुरक्षा भत