काठमाडौं : मृत्यु भइसकेका मानिसहरुको नाममा किर्ते गरी सामाजिक सुरक्षा भत्तावाफतको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सचिवविरुद्ध मुद्दा दायर गरेको छ।जाजरकोटको साविक लहँ गाविसका सचिव दोर्ण प्रसाद पौडेल र दिपक सुनार विरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।पौडेलले विभिन्न आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गर्दा झुठा कागज तयार गरी पाँच लाख ९३ हजार दुई सय रुपैयाँ हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ।पौडेलले सामाजिक सुरक्षा भत