न्यादी हाइड्रोपावरको आईपिओ बाँडफाँड, कसले कति कित्ता पाए ?

 न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ  । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बुधबार शेयर बाँडफाँड गरेको हो । कम्पनीले भदौ १ गतेदेखि  लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक शेयरधनीका कर्माचारीलाई गरि १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो  । जस मध्ये अति प्रभावित क्षेत्र तोकिएको मर्स्याङ्दी गाउपालिका वडा नम्बर ३ (साविक खुदी गाविस वडा नम्बर १,२, ३, र ६), मर्स्याङ्दी गाउपालिका वडा नम्बर ६,७ र ८ (साविक बाहुनडाँडा गाविस र भुलभुले गाविसका सम्पूर्ण वडाहरु) का स्थानीयलाई ५ लाख कित्ता शेयर निष्काशन भएको थियो ।  यस समुह अन्तर्गत  १० देखि १४० कित्ता शेयरको लागि आवेदन दिने माग गरे बमोजिम कै शेयर पाएका छन् भने १५० देखि ३० हजरस्देममको लागि आवेदन दिने मध्येबाट १३ सय ५६ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन्  ।त्यस्तै कम्पनीले यी बाहेक जिल्लाका अन्य स्थानीयलाई १० लाख कित्ता शेयर निष्काशन भएको थियो । यस अन्तर्गत १० देखि ३० कित्तासम्मको लागि आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन् भने ४० देखि २५ हजार कित्तासम्मको लागि आवेदन दिने मध्येबाट १८ हजार २ सय ३६ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन्।  साथै कम्पनीको संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयर पनि आज नै बाँडफाँड गरिएको छ । स्थानीयको शेयर बाँडफाँड भएसंगै अब कम्पनीलाई सर्बसाधारणको लागि शेयर निष्काशन गर्ने बाटो खुलेको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई छुट्याएको छ । सर्वसाधारणलाई छुट्याईएको २२ लाख ५० हजार मध्ये १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ। हाल कम्पनीको जारी पुँजी डेढ अर्ब रहेको छ ।   कम्पनीले नागरिक लगानी कोषलाई शेयर प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरिसकेको छ । सर्वसाधारणलाई शेयर जारि गर्दा बिक्रि नभई बाँकि रहेको शेयर कोषले  खरिद गर्ने छ ।  कम्पनीले लमजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीमा बुटवल पावरको समेत लगानी छ । 

सम्बन्धित सामग्री

सिक्लेस हाइड्रोको आईपिओ बाँडफाँड: १२५१ जनाको आवेदन रद्द, १ लाख ५ हजारले पाए शेयर

सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलवार बिहान शेयर बाँडफाँड गरेको हो ।क्यापिटलका अनुसार  आईपिओमा कुल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता शेयरको लागि आवेदन परेको थियो । जस मध्ये १२ सय ५१ जनाको आवेदन रद्द भएको र १५ लाख १२ हजार ५ सय ३७ जनाको आवेदन योग्य रहेको क्यापिटलले जनाएको छ ।माग भन्दा बढीको आवेदन परेकोले क्यापिटलले योग्य रहेका १५ लाख १२ हजार ५ सय ३७ जनालाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाबाट शेयर बाँडफाँड गरेको छ । गोलाप्रथा मार्फत १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् ।आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ ।  जस अनुसार बिक्रि प्रबन्धक बिओके क्यापिटलको वेबसाइट https://bokcapital.com.np/allotment/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र सिक्लेस हाइड्रोको वेबसाइट https://www.sikleshydro.com.np/  बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो  । जस मध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो  भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने गरि निष्काशन गरेको थियो  । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपिओ बिक्रि गरि बाँडफाँड गरिसकेको छ ।   कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको हो।कम्पनीले कास्कीको मादी गाउँपालिकाको मद्क्यु खोलामा १३ मेगावाटको आयोजना निर्माणसम्पन्न गरि २०७४ साल चैत्र २९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।

श्वेतगंगा हाइड्रोले स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड, कसले कति पाए ?

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो।कम्पनीले जेठ २३ गतेदेखि असार ६ गतेसम्म रामेछाप र ओखलढुंगाका आयोजना प्रभावित स्थानीयलाई १५ लाख ९३ हजार कित्ता शेयर निष्काशन गरेको थियो। योजना प्रभावितलाई अति प्रभावित, कम प्रभावित र प्रभावित गरि ३ वर्ग कायम गरिएको थियो ।जस अनुसार अति प्रभाविततर्फका लगानीकर्ताले अधिकतम २१० कित्तासम्म शेयर पाएका छन् । अति प्रभाविततर्फ १० कित्तादेखि २२० कित्तासम्मको लागि आवेदन दिने ४ हजार ४ सय ६२ जनाले माग गरे अनुसार कै शेयर पाएका छन् । त्यस्तै २१० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिने २ हजार ९ सय ९६ जनाले समान रुपमा २०० कित्ता शेयर पाएका छन् । समान रुपमा २०० कित्ता शेयर पाएका २ हजार ९ सय ९६ जना मध्ये २ हजार ७ सय ४८ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । त्यस्तै कम प्रभाविततर्फका लगानीकर्ताले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् । कम प्रभाविततर्फ १० कित्तादेखि ४० कित्तासम्मको लागि आवेदन दिने १३२ जनाले माग गरे अनुसार कै शेयर पाएका छन् । त्यस्तै ५० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिने १ हजार ८ सय ४ जनाले समान रुपमा ४० कित्ता शेयर पाएका छन् । समान रुपमा ४० कित्ता शेयर पाएका १ हजार ८ सय ४ जना मध्ये ४ सय ६० जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । त्यस्तै प्रभाविततर्फका लगानीकर्ताले अधिकतम ६० कित्तासम्म शेयर पाएका छन् । प्रभाविततर्फ १० कित्तादेखि ५० कित्तासम्मको लागि आवेदन दिने ३ हजार ८ जनाले माग गरे अनुसार कै शेयर पाएका छन् । त्यस्तै ६० कित्तादेखि ५२ सय कित्तासम्मको लागि आवेदन दिने ४ हजार ८ सय जनाले समान रुपमा ५० कित्ता शेयर पाएका छन् । समान रुपमा ५० कित्ता शेयर पाएका ४ हजार ८ सय जना मध्ये ३ हजार ३ सय ८५ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । आईपिओको नतिजा प्रकाशन भएपछि सानिमा क्यापिटलको वेबसाइटमा हेर्न सकिने छ । कम्पनीले आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को बड़ा नं २,३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. ४, ५, ६,७ र ९ लाई जम्मा निष्काशन गरिने शेयरको ७० प्रतिशतले हुने अर्थात ११ लाख १५ हजार १०० कित्ता छुट्याईएको थियो । यो अति प्रभावित क्षेत्र हो । त्यस्तै आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को बड़ा नं. ५,६ र ७ र मन्थली न.पा.को बडा नं. ११, १२ र १३ तथा रामेछाप न.पा.को बडा नं. १ र ३ लाई जम्मा निष्काशन गरिने शेयरको २५ प्रतिशतले हुने अर्थात ३ लाख ९८ हजार २५० कित्ता छुट्याईएको थियो । यो प्रभावित क्षेत्र हो । त्यस्तै रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. १,२ र ३ लाई जम्मा निष्काशन गरिने शेयरको ५ प्रतिशतले हुने अथांत ७९ हजार ६५० कित्ता शेयर छुट्याईएको थियो । यो कम प्रभावित क्षेत्र हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ १० गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले बोर्डबाट आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर निष्काशन गरेपछि सर्वसाधारण तथा कर्मचारीलाई यी शेयर जारी गर्ने छ । कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । यो सानिमा समुह अन्तर्गतको कम्पनी हो ।

दोर्दीखोलाको आईपिओ बाँडफाँडः ९ जनाले पाए ११ कित्ता , ८८२ जनाको आवेदन रद्द

काठमाडौं, असार ८ । दोर्दीखोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार बिहान क्यापिटल कै कार्यलयमा शेयर बाँडफाँड गरेको हो । कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गते गतेसम्म सर्बसाधारणलाई २१ लाख ९५ हजार ५ सय ९ कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३ प्रतिशत अर्थात् […]

बलेफी हाइड्रोको आईपिओ बाँडफाँड, २० लाख बढी आवेदक हात खाली, ३ जनाले पाए ११ कित्ता

बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज मंगलबार बिहान ९ बजे क्यापिटलको नक्साल स्थित कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।  क्यापिटलका अनुसार आईपिओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएका थिए ।  जस मध्ये ३ हजार ६ सय ४० जनाको आवेदन रद्द भई २१ लाख ६८ हजार १ सय जना आवेदकको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराई आईपिओ बाँडफाँड गरिएको छ ।  जस अनुसार १ लाख ६६ हजार ३ सय ४५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । यसरी शेयर बाँडफाँड गर्दा ३ कित्ता शेयर बाँकि रहेकोले त्यसलाई पुन बाँडफाँड गरिएको छ । १ लाख ६६ हजार ३ सय ४५ १० कित्ता शेयर शेयर पाउने  १ लाख ६६ हजार ३ सय ४५ जना मध्येबाट १० कित्ता भन्दा बढी शेयरको लागि आवेदन दिएकालाई गोलाप्रथामा समावेश गराई पुन बाँडफाँड गरिएको छ । जसमा ३ जनाले १ कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा ३ जनाले ११ कित्ता शेयर पाएका छन् भने आवेदन दिएका मध्ये २० लाख ५ हजार ३ सय ९५ जना आवेदक हात खाली भएका छन्  । बलेफी हाइड्रोले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो  भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको थियो । बाँकि रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता सर्वसाधारणको लागि खुला गरिएको थियो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।

ईमर्जिङ नेपालको आईपिओ बाँडफाँड, २५ सय ५२ जनाको आवेदन रद्द, ८ जनाले ११ कित्ता पाए

ईमर्जिङ नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलले मंगलबार आईपिओको प्रि अलोटमेन्ट सकेर आज बुधबार शेयर बाँडफाँड गरेको हो। आईपिओमा कुल २३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेकोमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या २३ लाख २८ हजार ७ सय ६ जना कायम भएको छ । योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरीएको छ । जस अनुसार गोलाप्रथाबाट ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । त्यस्तै शेयर पाएका ५१ हजार ६ सय ७० जनालाई सहभागी गराएर पुन गोलाप्रथा गर्दा ८ जनाले थप १ कित्ता शेयर पाएका छन् । यस हिसाबमा ८ जनाले ११ कित्ता शेयर पाएका छन् । कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।