मध्य भोटेकोशी जलविद्युतको आईपीओमा पहिलो दिन २८१ जनाले दिए आवेदन

साउन ६, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन २८१ जनाको आवेदन परेको छ ।  कम्पनीले साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र अन्य स्थानियका लागि यसअघि विक्री स्थगित गरेको आईपीओ पुनः विक्रीमा ल्याएको हो ।  पहिलो दिन आयोजना प्रभावित ३७ जना स्थानियबाट रू. १० लाख ५६ हजार बराबरको १० हजार ५६० कित्ताका लागि र अन्य २४४ भने जिल्लाका वासिन्दाहरुबाट रू. ५९ लाख ७० हजार बराबरको ५९ हजार ७०० कित्ताका लागि  आवेदन परेको हो । यसरी हेर्दा पहिलो दिनमै कम्पनीको आईपीओ खरीदका लागि कुल २८१ जना आवेदकहरुबाट रू. ७० लाख २६ हजार बराबरको आवेदन परेको छ ।  कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती र मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुसमेतको लागि कुल ६० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो ।  कम्पनीले कुल कित्तामध्य आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थानियका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो । यो शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै यस आईपीओ खरीदका लागि सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौं जिल्लामा ७ ओटा संकलन केन्द्र तोकिई आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ । साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने व्यवस्था छ । यस अघि वैशाख २१ गतेदेखि २३ गतेसम्म आवेदन दिएका आवेदकहरुले भने पुनः आवेदन दिनुनपर्ने समेत कम्पनीको भनाइ छ ।  यो आईपीओ छिटोमा साउन १७ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि साउन ३२ गतेसम्म विक्रीमा रहने कम्पनीको भनाई छ । आईपीओ खरिदका लागि  न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था छ । सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न वैशाख ५ गतेनै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न लागेको हो । स्थानियपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । यस अघि कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । 

सम्बन्धित सामग्री

मध्य भोटेकोशी जलविद्युत कम्पनीले डाक्यो बाह्रौं वार्षिक साधारण सभा

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले १२औं वर्षिक साधारण सभा पुस २७ गते आयोजना गरेको छ । सभा बिहान  ११ बजे कुण्डलिनी दरबार ब्याक्वेट, चण्डोल, काठमाडौंमा शुरू हुनेछ । सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण सभा आह्वान

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले १२औं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । मङ्सिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २७ गते साधारण सभा गर्ने जानकारी दिएको हो । कम्पनीले लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकै पटक गर्दै मध्य भोटेकोशी जलविद्युत

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले दशौं र एघारौं वार्षिक साधारण सभा असार २० गते गर्ने भएको छ । जेठ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष ०७७/७८ र आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक समिति सदस्यको निर्वाचन गर्ने र विभिन्न संस्थाहरूलाई आर्थिक सहायता दिएको रकम अनुमोदन गर्ने विषय पनि सभाका लागि तय गरिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार ५ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

गत वर्षभन्दा यस वर्ष मध्य भोटेकोशी जलविद्युत कम्पनीको नोक्सानी घट्यो

वैशाख २६, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । गत आवमा  रू.२ करोड ८९ लाख नोक्सानीमा रहेको उक्त कम्पनीको नोक्सानी चालू आवमा घटेर रू. १ करोड ११ लाखमा झरेको हो । कम्पनीको चुक्तापूँजी रू.६ अर्ब रहेको छ भने जगेडा कोष रू. २९ करोड ८३ लाख ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.शून्य दशमलव २५ ऋणात्मक (वार्षिकीकरण), तरलता अनुपात २ दशमलव ६२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ९५ दशमलव शून्य ३ रहेको छ । कम्पनीको जलविद्युत् आयोजना निर्माण चरणमा रहेकाले आम्दानी हुन नसकेको वित्तीय विवरणमा उल्लेख छ ।

कहिले हुन्छ मध्य भोटेकोशीको आईपीओ बाँडफाँट ?

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ ।

मध्य भोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँट

काठमाडौं, ११ असोज । मध्य भोटेकोशी जलविद्युत कम्पनीले साउन ५ गतेदेखि ३२ गतेसम्म बिक्रि गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि १८० कित्तासम्मका लागि आवेदकको माग बमोजिम शेयर बितरण गरेको छ । बैंकले १९० कित्तादेखि ४ सय कित्तासम्म माग गर्ने आवेदकहरुमध्ये बाट २३ सय १३ जनालाई गोलाप्रथाबाट र थप १० कित्ताको […]

मध्य भोटेकोशी जलविद्युतको आईपीओको आवेदन आइएमई पे बाट  दिन सकिने

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओमा आवेदन दिन सकिने भएको छ । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपिओमा आवेदन दिन सकिने व्यवस्था मिलाएको हो । आयोजनाको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालका अनुसार...

मध्य भोटेकोशी जलविद्युतको आईपीओ आवेदन आइएमई पेबाट

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने भएको छ ।दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँडडुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको आइएमईले जनाएको छ ।आयोजनाको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका

खुल्यो मध्य भोटेकोशी जलविद्युतको आईपीओ, कति दिने आवेदन ?

मंगलवारदेखि (वैशाख २१) मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ बिक्री खुला भएको छ। कम्पनीले हाल आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयका लागि मात्र ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । ६० लाख कित्तामध्ये ३०% ले हुन आउने १८ लाख कित्ता शेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस) तथा बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्थाङ र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याइएको छ । यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता शेयर भने सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थ...