वैशाख २६, काठमाडौंमा । साताको पहिलो कारोबार दिन आइतवार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको छ ।
कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४ हजार ५२७ मा कायम भएको हो । कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । त्यसोत कम्पनीको शेयर विगत ३३ दिनदेखि सकारात्मक सर्किट लाग्दै आएको थियो ।
आइतवार पुन : विक्रेता हावी हुँदा शेयर मूल्य घटेको देखिन्छ । आइतवार कम्पनीको शेयर रू.५ हजार २८१ मा खुला भएर उच्च मूल्य रू. ५ हजार ४९३ सम्म पुगेको थियो ।
यो समाचार तयार पार्दाको समय २ : ३८ बजेसम्ममा मार्केट डेप्थमा उक्त कम्पनीको शेयर विक्री आदेश २८ हजार ७१७ रहेको छ भने खरीद आदेश शून्य रहेको छ ।