स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बजार मूल्यभन्दा ८२ रुपैयाँ घटीमा विक्री खुला

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको ९३६ कित्ता शेयर असार ८ गतेदेखि विक्रीमा ल्याएको छ । ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको उक्त शेयर प्रतिकित्ता रू. ७०० मा विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गरिएको हो ।  धितोपत्र दोस्रो बजारमा कम्पनीको संस्थापकतर्फको शेयर मूल्य पछिल्लो कारोबार दिन प्रतिकित्ता रू. ७८२ कायम भएको छ । बजार मूल्यभन्दा रू. ८२ कम मूल्यमा कम्पनीको संस्थापक शेयर विक्रीमा आएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  यो शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

सांसद भट्टचनले एक वर्षअघि नै बेचेको प्रभु बैंकको शेयरको अहिले किन भयो चर्चा ?

काठमाडौं । अहिले शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । देशको अर्थतन्त्र नै समस्यामा छ । शेयर बजार १ हजार ९ सयभन्दा तल झरेको छ । यस्तै बेला सांसद देवीप्रसाद भटट्चनले प्रभु बैंकको संस्थापक शेयर बिक्री गरेको भन्दै चर्चामा आएको छ । तर, प्रभु बैंकका पूर्वअध्यक्ष सांसद भट्टचनले भने एक वर्षअघि बिक्री गरेको शेयरको चर्चा […]

बजेटपछि लगानीकर्ता निराश, २.७४ प्रतिशत घट्यो नेप्से

काठमाडौं । बजेटपछिको पहिलो कारोबार दिन मंगलवार नेप्से परिसूचक २ दशमलव ७४ प्रतिशत अर्थात् ५३ दशमलव १६ अंक घटेर १ हजार ८८८ दशमलव ६१ विन्दुमा झरेको छ । सोमवार सार्वजनिक भएको बजेटले पूँजी बजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरू निराश हुँदा नेप्से उच्च अंकले घटेको देखिन्छ । धेरै वर्षदेखि धितोपत्रको दोस्रो बजारमा एनआरएनलाई भित्र्याउने कुरा उठ्दै आएको थियो । त्यसलाई नै चालू आर्थिक वर्षको बजेटमा निरन्तरता दिइएको छ । चालू आवको बजेटमार्फत लगानीकर्ताले शेयर धितो कर्जामा कायम रहेको १२ करोड रूपैयाँको सीमा खारेज गर्नुपर्ने र १५० प्रतिशत पुर्‍याएको जोखिम भारित औसतलाई पुनः १०० प्रतिशत नै कायम गर्नुपर्ने तथा अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने जस्ता माग गरेका थिए । यी विषयमा कुनै सम्बोधन भएन ।  यस कारण मंगलवार उच्च अंक घटेको देखिन्छ ।  यसो त पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएको छ । यसकारण पनि बिस्तारै ब्याजदर घट्ने देखिन्छ । यसले शेयर बजार सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् ।  यस दिन २७५ धितोपत्रको ७० लाख ७४ हजार २५५ कित्ता ४० हजार ६३४ पटकमा रू. २ अर्ब ३४ करोड बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८१८ दशमलव ६० पुगेको हो । त्यस्तै दोस्रोमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. ३७२ दशमलव ४० पुगेको छ ।  मंगलवार सबैभन्दा बढी श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शनका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव २६ प्रतिशत घटेर रू. २९३ दशमलव १० मा झरेको छ । त्यस्तै दोस्रोमा सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ९ दशमलव १० प्रतिशत घटेर रू. ७ दशमलव शून्य ९ कायम भएको छ ।  मंगलवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. २१ करोड २४ लाख बराबर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४६२ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रू. १० करोड ११ लाख बराबर भएको हो ।  यस दिन कारोबारमा आएका समूहगत परिसूचक सबै घटेको छन् । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३ दशमलव ५० प्रतिशत घटेको छ । मंगलवार सेन्सेटिभ इन्डेक्स २ दशमलव ३६, फ्लोट इन्डेक्स २ दशलमव ७४ र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव २९ प्रतिशत घटेका छन् ।

सिभिल बैंकका संस्थापकले बेचे २० करोडको शेयर, बजार बढ्ने अनुमानले शेयर उठाए

काठमाडौं। सिभिल बैंकको संस्थापक शेयरधनीले दोस्रो त्रैमासको अन्तिम समयमा २० करोड १८ लाख ६६ हजार रुपैयाँको संस्थापक शेयर बिक्री