महिला लघुवित्तको शेयर ८.१३ % घट्यो, शेयर मूल्य प्रतिकित्ता रू. ४६२१ मा झर्‍यो

वैशाख २६, काठमाडौंमा । साताको पहिलो कारोबार दिन आइतवार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव १३ प्रतिशत कमि आएको छ ।  यो समाचार तयार पार्दाको समय ११ : ५७ बजेसम्ममा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४ हजार ६२१ मा कायम भएको छ ।  कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । त्यसोत कम्पनीको शेयर मूल्यले विगत ३३ दिनदेखि पोजेटिभ सर्किट लगाउँदै आएको थियो । पुन : विक्रेता हावी हुँदा कम्पनीको शेयर मूल्य घटेको देखिन्छ ।  आइतवार कम्पनीको शेयर रू.५ हजार २८१ मा खुला भएर उच्च मूल्य रू. ५ हजार ४९३ सम्म पुगेको थियो ।

सम्बन्धित सामग्री

हकप्रद शेयर निष्कासन गरेका चार हाइड्रोपावर कम्पनीको  शेयर मूल्य २ सय तल झर्‍यो

हकप्रद शेयर निष्कासन गरेका चार हाइड्रोपावर कम्पनीको  शेयर मूल्य २ सय तल झर्‍यो

सोनापुरको शेयर मूल्य आईपीओभन्दा तल झर्‍यो

काठमाडौं। कारोबार खुलेको चार दिनमै सोनापुर मिनरल्स एन्ड आयलको शेयर मूल्य आईपीओभन्दा तल झरेको छ । उक्त कम्पनीले सय रुपियाँ अंकित मूल्यमा १३७ रुपियाँ ५८ पैसा प्रिमियम मूल्य थपेर कुल २३७ रुपियाँ ५८ पैसामा आईपीओ बिक्री गरेको थियो । तर, बुधबार कम्पनीको शेयर मूल्य २३४ रुपियाँ ८० पैसामा झरेको छ । आइतबार कारोबार खुलेसँगै कम्पनीको […]

लगातार तीन दिन बढेपछि बजारमा सामान्य करेक्सन, कारोबार रकम २ अर्ब ९ करोडमा झर्‍यो

काठमाडौं । लगातार तीन कारोबार दिनमा ६१ अंक बढेको बजारमा सोमवार (आज) सामान्य करेक्सन भएको छ ।  यस दिन नेप्से परिसूचक ३ दशलमव ६१ अंक घटेर २ हजार ७७ दशमलव २४ विन्दुमा कायम भएको छ । सोमवारको कारोबारको अधिकांश समय बजार सकारात्मक रहे पनि अन्तिम प्रहरमा भने सामान्य अंक घट्यो । कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ । आइतवार तीन अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा सोमवार त्यो रकम २ अर्ब ९ करोडमा झरेको छ । बैंकको ब्याजदरका विषयमा लगानीकर्ताहरू विश्वस्त हुन नसकेका कारण पनि कारोबार रकम घटेको जानकारहरू बताउँछन् । यसो त लगातार तीन कारोबार दिन बढेको बजारमा एक दिन घट्नु सामान्य लिनुपर्ने उनीहरूको भनाइ छ ।  लाभांशको सिजन नजिकिएको छ। अहिले शेयर खरीद गर्नेले निकै छोटो समयमा लाभांशको हकदार बन्न सक्नेछन् भने घटेको बजारमा ट्रेडिङ गर्नेहरू पनि आकर्षित हुने अनुमान गरिएको छ ।  पछिल्लो समय बैंक तथा वित्तीय प्रणालीमा तरलता सहज भएसँगै ब्याजदर घट्न थालेको छ । यस कारण बैंकहरूले अब शेयर धितो कर्जा दिने घोषणा गर्न थालेका छन् । गएको साता मात्रै एनआईसी एसिया बैंकले शेयर धितो कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । नेपाल बैंकले यसअघि नै शेयर कर्जा दिने बताएको थियो । यसआधारमा अब क्रमशः अरु बैंकहरूले पनि यस्तो कर्जा सहज तरिकाले उपलब्ध गराउने अनुमान गर्न थालिएको छ । यस कारण पनि शेयर बजारमा आगामी दिनमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।  सोमवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै फ्लोट इन्डेक्स शून्य दशमलव १९ प्रतिशत घटेको छ ।  यस दिन कारोबारमा आएका २७९ धितोपत्रको ५४ लाख १७ हजार ९२८ कित्ता शेयर ६८ हजार ८४२ पटकमा रू. २ अर्ब ९ करोड बराबरको कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ ।  शेयर मूल्य प्रतिकित्ता रू. ३०८ दशमलव ५० पुगेको छ । त्यस्तै दोस्रोमा अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत बढेर रू. ३०६ दशमलव ७० पुगेको छ ।  सोमवार सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ४६ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७६८ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा बुद्ध भुमि नेपाल हाइड्रोपावर कम्पनी छ । कम्पनीको शेयर मूल्य ४ दशमलव ८० प्रतिशत घटेर रू. ३१७ कायम भएको छ ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ओगटेको छ । कम्पनीको रू. ११ करोड २४ लाख बराबरको भएको हो । यस कम्पनीको शेयर मूल्य रू. ५८९ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटलको रू. १० करोड ८७ लाख बराबरको भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक घटेको छ भने बाँकी पाँच समूहको परिसूचक बढेको हो । सोमवार सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक १ दशमलव ५९ प्रतिशत घटेको हो । उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ६५ प्रतिशत वृद्धि भएको छ ।

एक दिनभन्दा बढी टिकेन नेप्सेको वृद्धि, २१ सय विन्दुमुनि झर्‍यो परिसूचक

काठमाडौं । लगातार पाँच कारोबार दिन घटेपछि सोमवार ५ दशमलव ८४ अंकले बढेको नेप्से परिसूचक मंगलवार पुनः घटेको छ । यस दिन नेप्से परिसूचक १ दशमलव ३५ अंक घटेको हो । यससँगै नेप्से परिसूचक २ हजार ७७ दशमलव ५८ विन्दुमा झरेको छ । अर्थात् बजार पुनः २१ सय विन्दुमुनि आएको छ । मंगलवार बजार खुलेदेखि केही समय बढ्न खोजे पनि पछि निरन्तर घटेको थियो । नेप्से २१ सय विन्दुमुनि झरेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव देखिएपछि विक्रेता हाबी भएका थिए ।   विज्ञका अनुसार पछिल्ला दिनहरूमा बजार निरन्तर घट्दा लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा छन् । सोही कारण कारोबार रकम दिनानुदिन घट्दै आएको छ । पछिल्लो समय शेयर बजारमा प्रोफिट बुक गर्ने प्रवृति देखिएको विज्ञ बताउँछन् । सोही कारण बजार केही दिन बढ्नेबित्तिकै करेक्सनमा जाने गरेको छ ।  मौद्रिक नीति सार्वजनिक हुनुअगाडि बजार चार कारोबार दिनमा बजार ८० अंकभन्दा बढी बढेको थियो । यसरी हेर्दा बढेको बजारमा ट्रेडरहरूले प्रोफिट बुक गरेको देखिन्छ ।  ट्रेडरहरूले प्रोफिट बुक गरेपछि तल्लो विन्दुमा आएपछि मात्रै खरीद बढाउँछन् । यस कारण पनि पछिल्लो समय शेयर बजार प्रभावित भएको विज्ञहरू बताउँछन् ।  यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव २७ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ३५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव १४ प्रतिशत घटेको छ ।  मंगलवार कारोबारमा आएका २६२ धितोपत्रको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार ८३७ पटकमा रू. १ अर्ब ९२ करोड बरावरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सुपर मादी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ४ दशमलव ६० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३९८ पुगेको हो ।  शेयर मूल्य सर्वाधिक बढ्न् कम्पनीको सूचीमा दोस्रोमा सिक्लेस हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य १ दशमलव ९३ प्रतिशत बढेर रू. ३९५ दशमलव ७० पुगेको छ ।  मंगलवार सबैभन्दा बढी किसान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ५४ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. ८१५ दशमलव १० मा झरेको छ ।  शेयर मूल्य घट्ने सूचीमा दोस्रोमा हिमालयन लघुवित्त छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ५७ प्रतिशत घटेर रू. ६७८ मा झरेको छ ।  यस कम्पनीले आज गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा धेरै घटेको छ । सोही कारण पनि कम्पनीको शेयरमा विक्रेता हाबी भएको हुन सक्ने विज्ञको अनुमान छ ।   यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा अपर तामाकोशी हाइड्रोपावरले ओगटेको छ । कम्पनीको रू. ८ करोड ७४ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४१० कायम भएको छ । यो सूचीमा दोस्रोमा शिवम् सिमेन्ट्स छ । कम्पनीको रू. ७ करोड भन्दा बढीको कारोबार भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्डको परिसूचक शून्य दशमलव ३५ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक २ दशमलव ४७ प्रतिशत घटेको छ ।

२२०६ विन्दुमाथि पुगेको नेप्से २१६४ मा झर्‍यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यस दिन परिसूचक १ दशमलव ६४ प्रतिशत घटेर २ हजार १६४ दशमलव ३१ विन्दुमा झरेको छ । कारोबार खुलेपछि उकालो लागेको नेप्से २ हजार २०६ विन्दुमाथि उक्लिएको थियो । त्यसपछि घट्न थालेको नेप्सेमा उतारचढाव देखिएको थियो । सोमवार रू. ४ अर्ब ७३ करोड बराबरको शेयर कारोबार भएकोमा मंगलवार २ अर्ब ९१ करोडमा झरेको छ । आइतवार मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरवलोकन गर्ने समाचार आएसँगै उच्च गतिमा बढेको बजार सोमवारदेखि घट्न थालेको हो ।  आइतवार बजार बन्द भएपछि भएको पत्रकार सम्मेलनमा गर्भनर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा मात्र शत प्रतिशत जोखिम भार रहने व्यवस्था परिमार्जन गरिएको जानकारी दिएपछि सोमवारदेखि बजारमा विक्रेता हाबी भएका हुन् । शेयर धितो कर्जामा रकमको सीमा नतोकी सबैमा शत प्रतिशत जोखिम भार रहनुपर्ने आम लगानीकर्ताको माग छ ।  मंगलवार सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ८१ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ८४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव १३ प्रतिशत घटेको छ ।  यस दिन कारोबारमा आएका २६७ धितोपत्रको ७७ लाख १६ हजार २७७ कित्ता शेयर ५३ हजार ५७० पटकमा रू. २ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९५८ दशमलव ३० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा सिटी होटल लिमिटेड छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ७४ प्रतिशत बढेर रू. ७४३ दशमलव ४० पुगेको छ ।  मंगलवार सबैभन्दा बढी नबिल डिबेञ्चर २०८५ नामक ऋणपत्रको मूल्य ६ दशमलव ८७ प्रतिशत घटेको छ । डिबेञ्चर मूल्य प्रतिकित्ता रू. ७८५ मा झरेको छ । त्यस्तै दोस्रोमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५ दशमलव २३ प्रतिशत घटेर रू. १ हजार ३५६ मा झरेको छ । यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोल्टी होटलले ओगटेको छ । कम्पनीको रू. १५ करोड २७ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७३ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा शिवम् सिमेन्ट्स छ । कम्पनीको रू. १० करोड ३९ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल तथा पर्यटन समूहको परिसूचक १ दशमलव २२ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी बैंकिङ्ग समूह छ । उक्त समूहको परिसूचक २ दशमलव ७५ प्रतिशत घटेको छ ।

शेयर बजारमा पहिरो : कतिमा झर्‍यो नेप्से ?

साताको पहिलो दिन आइतवार शेयर बजारमा पहिरो गएको छ ।  यस दिन शेयर बजार मापक नेप्से परिसूचक ८८.७० अंकले घट्दै २३६१.२७ विन्दुमा झरेको छ । नेप्सेसँगै आइतवार सेन्सेटिभ परिसूचक पनि घटेको छ ।  यस दिन सेन्सेटिभ परिसूचक १५.१५ अंकले घट्दै ४५०.०८ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जमा आइतवार २ सय २८ कम्पनीले कारोबार गरेका छन् ।  कारोबारमा आएका यी कम्पनीहरूमध्ये आइतवार ५ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । यस्तै १ सय ८४ कम्पनीको शेयर मूल्य घटेको छ ।  आइतवार २ सय २८ कम्पनीको ७५ लाख ६० ह...