प्रदेश नम्बर २ लाई सफा र स्वच्छ बनाउने भन्दै मुख्यमन्त्री लालबाबु राउतले आफ्नै कार्यालय मातहत मुख्यमन्त्री स्वच्छता अभियानलाई राखेका छन् । प्रदेशमा रहेको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका क्षेत्र, पोखरी, सरकारी कार्यालय र सार्वजनिक स्थलको मर्मत सम्भार तथा सरसफाइलाई ध्यानमा राखेर मुख्यमन्त्री स्वच्छता अभियान सञ्चालनमा ल्याइएको थियो । यसका लागि प्रत्येक आर्थिक वर्षमा बजेट छुट्याइएको छ ।स्वच्छता कार्यक्रम अन्तर्गत धार्मिक तथा सांस्कृतिक महत्त्वका पोखरीको संरक्षण र मर्मत स