आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नम्बर २ मा व्यापक अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा समेत उक्त कुरा उल्लेख गरिएको छ।
लालबाबु राउत नेतृत्वको प्रदेश नम्बर २ सरकारको मुख्यमन्त्री कार्यालयमा नै व्यापक अनियमितता भएको कुरा प्रतिवेदनमा उल्लेख छ ।
मुख्यमन्त्री स्वच्छता अभियानका क्रममा पोखरी तथा नदीहरूको सौन्दर्यीकरण गर्ने कार्यक्रमका लागि परामर्शदाता छनौटदेखि अन्य विभिन्न कार्यक्रममा अनियमितता भएको छ।
परामर्श सेवा छनौटमा अनियमितता
प्रदेश नम्बर २ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मुख्यमन्त्र...