फागुन १५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको पौने दुई घण्टाको अवधिमा युनिभर्सल पावरको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
उक्त अवधिसम्ममा कारोबारमा आएका २१७ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । सो अवधिमा कम्पनीको रू. १५ करोड ६० लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३७८ दशलमव २० कायम भएको छ ।
यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ६५ प्रतिशतले वृद्धि भएको हो । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १८ दशमलव ६६ अंकले बढेर २ हजार ६८० दशमलव १० विन्दुमा कायम भएको छ । उक्त अवधिसम्ममा कुल रू. १ अर्ब ७३ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।