वित्तीय समानीकरणको ५० प्रतिशत रकम फुकुवा गर्न अर्थमन्त्रीसँग माग

अर्थमन्त्री डा प्रकाशशरण महतलाई नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले बुधबार ज्ञापनपत्र बुझाएको छ । बुधबार सिंहदरबारमा अर्थमन्त्री डा महतलाई भेटी सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय तहमा जाने समानीकरण अनुदान रकम कटौतीका सम्बन्धमा ज्ञापनपत्र बुझाउनुभएको छ । ज्ञापनपत्रमा उहाँहरूले आर्थिक वर्ष २०७९/८० मा प्रदेश र स्थानीय तहमा पठाउनुपर्ने वित्तीय …

सम्बन्धित सामग्री

वित्तीय समानीकरण अनुदानको निकासा तत्काल फुकुवा गर्न स्थानीय तहको माग

संघीय सरकारले प्रदेश र स्थानीय तहमा पठाउनुपर्ने वित्तीय समानीकरण अनुदानमा कटौती गर्न खोजेको भन्दै स्थानीय तहहरूले तत्काल फुकुवा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले संयुक्तरुपमा अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै चालु आर्थिक वर्ष २०७९/०८० मा प्रदेश र स्थानीय तहमा पठाउनुपर्ने वित्तीय समानीकरण अनुदानमध्ये रोकिएको अन्तिम किस्ताको ५० प्रतिशत रकमको निकासा फुकुवा गर्न माग गरेका हुन् ।

एशियन लाइफ इन्स्योरेन्सको ८.५० प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत वैशाख १८ गते १५औं वार्षिक साधारण सभाबाट पारित गरेको ८ दशमलव ५० प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।  कम्पनीले रू. २ अर्ब ९० करोड ८१ लाख ११ हजार चुक्ता पूँजीको आधारमा बोनस शेयर वितरण गरेको हो । बोनससँगै यस वर्ष कम्पनीले कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत पारित गरेको थियो ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ८ गते एक दिन बुक क्लोज गरेकाले वैशाख ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । वैशाख ७ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने बोनस शेयर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्नसमेत कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड छ ।

प्रभु बैंकले वितरण गर्‍यो यस वर्षको ८ % लाभांश

काठमाडौं । प्रभु बैंक लिमिटेडले आठ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/ ०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १२ अर्ब ७० करोड ८७ लाख ४ हजारको आधारमा ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।  कम्पनीको पुस १४ गते सम्पन्न २१औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाएको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर र बैंक खातामा नगद लाभांश जम्मा भएको हो ।  बोनस शेयर धितोपत्र दोस्रो बजारमा समेत सूचीकृत भइसकेकाले हितग्राही खातामा जम्मा भइसकेका शेयरधनीहरूले उक्त शेयर कारोबार गर्न सक्नेछन् । मंसिर २९ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा जम्मा भएको बोनस शेयर कर्जा प्रदायक बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का राखिएको जानकारी कम्पनीले बताएको छ । यदि कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी बोनस शेयर फुकुवा गर्न पनि कम्पनीले भनेको छ । हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूको हकमा हितग्राही खाता खोलेपछि मात्र बोनस शेयर जम्मा हुने भनाइ कम्पनीको छ । नगद लाभांशको हकमा पनि बैंक खातामै जम्मा गरिने भएकाले हितग्राही खातामा हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन पनि कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

विराटनगर विमानस्थलका लागि रोक्का रहेको १२६ बिघा जमिन फुकुवा

विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा स्तरोन्नति गर्नका लागि भन्दै दुई वर्षदेखि रोक्का राखिएको सर्वसाधारणको १ सय २६ बिघा जमिन सरकारले फुकुवा गरेको छ । मन्त्रिपरिषदको २०७७ कात्तिक २७ गतेको बैठकले विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरमा स्तरोन्नति गर्न १ सय २६ दशमलव ४६ बिघा जमिन अधिग्रहण गर्ने निर्णय गरेको थियो । त्यसको मुआब्जाका लागि संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशत रकम ब्यहोर्ने निर्णय भएको थियो ।

सहकारी मन्त्रालयलाई ७ अर्ब ४ करोड

जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले सहकारी क्षेत्रका लागि ७  अर्ब ४ करोड रुपैयाँ छुट्याएको छ । संघिय संसदमा आगामी आर्थिक वर्षको बजेटको प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले सहकारीको पूँजीलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्ने घोषणा गरे ।  शर्माले सहकारीको कुल लगानीको कम्तीमा ५० प्रतिशत उत्पादनशिल क्षेत्रमा लगानीको व्यवस्था मिलाउने घोषणा गरे । यसैगरी साझा सहकारी मार्फत किसानले लिएको ऋण मिनाहा गरी धितो रोक्का फुकुवा गर्ने, कृषि उद्योग स्थापना गर्न सहकारीलाई पूँजीगत अनुदान दिने, विपन्न वर्गलाई ५ प्रतिशतमा सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने समेत उनले उल्लेख गरे ।

अझै ६ ओटा लघुवित्तले घोषणा गरेका छैनन् लाभांश, कुन - कुन कम्पनीको बाँकी ?

माघ ५, काठमाडौं । नेप्सेमा सूचीकृत ५१ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्म ६ ओटा लघुवित्त वित्तीय संस्था गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी रहेका छन् ।  जीवन विकास लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र नयाँ सारथि लघुवित्त वित्तीय संस्था लाभांश घोषणा गर्न बाँकी रहेका छन् ।  नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था मर्जरमा गएपछि एकीकृत कारोबार शुरु गरी विन नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट मंगलवार शेयर सूचीकृत गराएको छ । मर्जरका कारण रोक्का भएको कम्पनीको शेयर बुधवार फुकुवा भएको हो । कम्पनीको शेयर कारोबार फुकुवा भएपनि खरीदविक्री भने भएको छैन ।  हाल सम्ममा ४२ ओटा कम्पनीले लाभांश घोषणा गरे भने तीन ओटा कम्पनीले लाभांश घोषणा नै नगरी साधारण सभा सम्पन्न गरिसकेका छन् । सामुदायिक लघुवित्त, घोडाघोडी लघुवित्त वित्तीय संस्था र माुनषी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिईकन साधारण सभा सम्पन्न गरेका हुन् ।  गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका ४२ ओटा कम्पनीमध्ये सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाले कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । त्यसैगरी सबैभन्दा कम लाभांश एनएआईसी एशिया लघुवित्त वित्तीय संस्थाको रहेको छ । कम्पनीले ५ दशमलव ४१५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।  यस कम्पनीले पनि उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । लघुवित्त कम्पनीहरुले धेरै लाभांश दिने भएकाले लगानीकर्ताको आकर्षण रहेको देखिन्छ ।  लाभांश घोषणा गरेका धेरैजसो कम्पनीहरुले साधारण सभा सम्पन्न गरिसकेका छन् दुई कम्पनीले साधारण सभा हुन बाँकी रहेको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुन बाँकी रहेको छ ।  नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले माघ ६ गते साधारण सभा आयोजना गरेको छ । सभा क्रिक रिर्सोट धादिङबेशीमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै, यस लघुवित्त वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने वा मर्जर प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।  नाडेप लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण माघ १४ गते आयोजना गरेको छ । सभा रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट नार्गजुन नगरपालिका वाड नं १ काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ ।  सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी यस लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।  सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

आज दिनभरका ३० समाचार

एनसेलका स्थानीय साझेदारहरूले करोडमा शेयर हात पारेर अर्बमा कर छली गरेको खुलासा । रोकिएन सीमाक्षेत्रमा एसएसबीकाे दादागिरी । नेपाल-भारत सीमाक्षेत्रमा कसले चलायो गोली ? दिलीपसिंह विष्टमा अल्झिएको निर्मला हत्याकाण्ड । भिजिट भिसाका कारण यूएईबाट आउने कामदारको माग गुम्ने खतरा । कोरोना असर : कतै ५० प्रतिशत फुकुवा, कतै पूरै विकास बजेट रोक्का

कोरोना असर : कतै ५० प्रतिशत फुकुवा, कतै पूरै विकास बजेट रोक्का

कोरोना भाइरसको असर विकास निर्माण र कृषि क्षेत्रमा परेको छ । कोरोना भाइरस नियन्त्रण गर्न विकास बजेट काटेर खर्च गर्ने नीति लिएपछि जनताको सहभागितामा छनोट भएका योजना अलपत्र अवस्थामा छन् । कोरोना भाइरसको असर सबैभन्दा बढी प्रदेश सरकारमा परेको छ