समानीकरण अनुदान फुकुवा गराउन सरकारको ध्यानाकर्षण, अन्यथा ७५३ स्थानीय तहले नै आन्दोलन थाल्ने

काठमाडौ । अर्थमन्त्रालयले स्थानीय तहमा जाने अनुदानको रकम नपठाएकोमा गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले सरकारको ध्यानाकर्षण गराएका छन् । स्रोतमा सकस भएको बताउँदै अर्थले आर्थिक वर्ष सकिन लाग्दासम्म वित्तीय समानीकरणको अन्तिम किस्ताबापतको ५० प्रतिशत रकम पठाएको छैन । स्थानीय तहले पटकपटक आग्रह गर्दा पनि समाधानका लागि अर्थमन्त्रालय उदासीन रहेको जनप्रतिनिधिको गुनासो छ । […]