प्रभु बैंकले वितरण गर्‍यो यस वर्षको ८ % लाभांश

काठमाडौं । प्रभु बैंक लिमिटेडले आठ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/ ०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १२ अर्ब ७० करोड ८७ लाख ४ हजारको आधारमा ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।  कम्पनीको पुस १४ गते सम्पन्न २१औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाएको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर र बैंक खातामा नगद लाभांश जम्मा भएको हो ।  बोनस शेयर धितोपत्र दोस्रो बजारमा समेत सूचीकृत भइसकेकाले हितग्राही खातामा जम्मा भइसकेका शेयरधनीहरूले उक्त शेयर कारोबार गर्न सक्नेछन् । मंसिर २९ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा जम्मा भएको बोनस शेयर कर्जा प्रदायक बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का राखिएको जानकारी कम्पनीले बताएको छ । यदि कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी बोनस शेयर फुकुवा गर्न पनि कम्पनीले भनेको छ । हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूको हकमा हितग्राही खाता खोलेपछि मात्र बोनस शेयर जम्मा हुने भनाइ कम्पनीको छ । नगद लाभांशको हकमा पनि बैंक खातामै जम्मा गरिने भएकाले हितग्राही खातामा हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन पनि कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  

सम्बन्धित सामग्री

प्रभु इन्स्योरेन्सले ७.०५ प्रतिशत लाभांश दिने

२५ पुस, काठमाडौं ।  प्रभु इन्स्योरेन्स कम्पनीले सेयरधनीहरूलाई ७.०५ प्रतिशत लाभांश दिने भएको छ । २४ पुसमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६.७० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश […]

१० वाणिज्य बैंकको लाभांश वितरण प्रभावित हुने

चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासमा १० वटा वाणिज्य बैंकको प्राथमिक पुँजी (सीसीएआर) १० प्रतिशतभन्दा कम देखिएको छ । जसका कारण उनीहरूको लाभांश वितरण प्रभावित हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार पहिलो त्रैमासमा एनआईसी एशिया बैंक, प्रभु बैंक, एनसिसि, कुमारी बैंक लगायत विभिन्न १० वाणिज्य बैंकको प्राथमिक पुँजी १० प्रतिशतभन्दा […]

१० वाणिज्य बैंकको लाभांश वितरण प्रभावित हुने

काठमाडौं, मंसिर २७ । चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासमा १० वटा वाणिज्य बैंकको प्राथमिक पुँजी (सीसीएआर) १० प्रतिशतभन्दा कम देखिएको छ । जसका कारण उनीहरूको लाभांश वितरण हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार पहिलो त्रैमासमा एनआईसी एशिया बैंक, प्रभु बैंक, एनसिसि, कुमारी बैंक लगायत विभिन्न १० वाणिज्य बैंकको प्राथमिक […]

प्रभु बैंकले गर्‍यो शेयरधनीलाई ८ प्रतिशत बोनस दिने प्रस्ताव

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई बोनस दिने प्रस्ताव अघि सारेको छ । कम्पनीले आफ्ना शेयरधनीहरूलाई ६.५० प्रतिशत बोनस शेयर र १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रभु बैंकले ८ प्रतिशत लाभांश दिने

२ मंसिर, काठमाडौं । प्रभु बैंकले ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । १ मंसिरमा बसेको बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ को ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव […]

प्रभु बैंकद्धारा लाभांश घोषणा, बोनस शेयर कति ?

काठमाडौं, मंसिर २ । प्रभु बैंक लिमिटेडले २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव ५० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी […]

प्रभु बैंकको २० औं वार्षिक साधारणसभा : १२.६३ प्रतिशत लाभांश पारित

प्रभु बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट बैंकले शेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको जनाएको छ । साधारणसभाले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  साधारणसभाको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले गरेका थिए । काठमाडौं बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बसेको साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफानोक्...

प्रभु बैंकको २० औं वार्षिक साधारणसभा : १२.६३ प्रतिशत लाभांश पारित

प्रभु बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट बैंकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको जनाएको छ । साधारणसभाले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभाको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले गरेका थिए । काठमाडौं बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बसेको साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष २०७७/०७८ क

प्रभु बैंकको लाभांश स्वीकृत

नेपाल राष्ट्र बैंकले प्रभु बैंक Prabhu Bank Limited को लाभांश स्वीकृत गरेको छ। प्रभु बैंकका अनुसार राष्ट्र बैंकले मङ्सिर २१ गते लाभांश स्वीकृत गरेको हो। बैंकले हाल कायम चुक्ता पुंजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.६३ प्रतिशत नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश साधारणसभाले पारित गरेपछि वितरण गर्ने गरि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो  । बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । राष्ट्र बैंकले लाभांश स्वीकृति गरेसंगै बैंकलाई साधारणसभा बोलाउने बाटो खुलेको छ  ।

प्रभु क्यापिटलको ४० प्रतिशत लाभांश पारित

कम्पनीको १६ असोजमा काठमाडौंमा सम्पन्न १३औँ वार्षिक साधारणसभाले १७ दशमलव ६१ प्रतिशत नगद लाभांश र २२ दशमलव ३८८५ प्रतिशत बोनस शेयरसहित सो परिमाणको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।