जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले सहकारी क्षेत्रका लागि ७ अर्ब ४ करोड रुपैयाँ छुट्याएको छ । संघिय संसदमा आगामी आर्थिक वर्षको बजेटको प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले सहकारीको पूँजीलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्ने घोषणा गरे ।
शर्माले सहकारीको कुल लगानीको कम्तीमा ५० प्रतिशत उत्पादनशिल क्षेत्रमा लगानीको व्यवस्था मिलाउने घोषणा गरे ।
यसैगरी साझा सहकारी मार्फत किसानले लिएको ऋण मिनाहा गरी धितो रोक्का फुकुवा गर्ने, कृषि उद्योग स्थापना गर्न सहकारीलाई पूँजीगत अनुदान दिने, विपन्न वर्गलाई ५ प्रतिशतमा सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने समेत उनले उल्लेख गरे ।