हाइड्रोपावरको प्रतिफल : ४६मध्ये १३ कम्पनीको मात्रै लाभांश घोषणा

१८ पुस, काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना सकिनै लाग्दा समेत हालसम्म १३ वटा जलविद्युत् कम्पनीहरुले मात्रै लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेर साधारणसभाबाट पारित भएपछि मात्रै शेयर धनीहरुलाई दिन पाउने कानूनी व्यवस्था छ । साधारणसभा बोलाउनका लागि गत आर्थिक वर्षको सञ्चित मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरिसकेको हुनुपर्छ । हालसम्म १३ […]

सम्बन्धित सामग्री

एनआईसी एशिया क्यापिटलद्धारा संचालित म्युचुअल फण्डहरुको लाभांश घोषणा

एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुले लाभांश घोषणा गरेका छन्। क्यापिटलको शुक्रबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित वन्दमुखी योजनाहरु एन आई सी एशिया ग्रोथ फण्ड र एन आई सी एशिया ब्यालेन्सड् फण्ड ले इकाईधनीहरुलाई १३ प्रतिशत (कर सहित) का दरले लाभांश प्रदान गर्ने भएको छ  । त्यस्तै क्यापिटलले संचालन गरेको खुल्लामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले इकाईधनीहरुलाई ६ प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।एन आई एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत र तेश्रो वर्ष ३० प्रतिशतका दरले प्रतिफल वितरण गरेको थियो । ब्यालेन्स फण्डले पहिलो वर्ष ८ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत प्रतिफल वितरण गरेको थियो  । त्यस्तै एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले पहिलो वर्ष १० प्रतिशत प्रतिफल वितरण गरेको थियो।

नबिल इन्भेष्टमेन्ट बैंकिङले संचालन गरेका २ म्युचुअल फण्ड योजनाको लाभांश घोषणा

नबिल इन्भेष्टमेन्ट बैंकिङले संचालन गरेका २ वटा सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेका छन् । नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ ले लाभांश घोषणा गरेका हुन् । नबिल इन्भेष्टमेन्ट बैंकिङको असोज २५ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।जस अनुसार  नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल व्यालेन्स्ड फण्ड २ ले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ७ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ७,८४,००,०००।- (अक्षेरुपी सात करोड चौरासी लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको  छ।त्यस्तै  नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ५ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ६,२५,००,०००।- (अक्षेरुपी छ करोड पच्चीस लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।लाभांश बितरण प्रयोजनको लागि दुवै योजनाले  कार्तिक १८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेका छन्। कार्तिक १७ गतेसम्म कायाम इकाईधनीले मात्र उक्त लाभांश पाउँन सक्ने छन् ।

सानिमा इक्विटी फण्डको लाभांश घोषणा

सानिमा इक्विटी फण्डको लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक सानिमा  कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्डको लाभांश घोषणा भएको छ  ।क्यापिटलले सानिमा बैंक कोष प्रवर्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड  नामक योजनाको आर्थिक बर्ष २०७८।७९ सम्मको मुनाफा तथा संचित रकम बाट योजनाका ईकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।जस अनुसार फण्डले इकाईधनीहरुलाई २२ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ ।  क्यापिटलले इकाईधनीहरुलाई २२ प्रतिशतले हुन आउने २८ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । यस योजनाको आकार १ अर्ब ३० करोड रहेको छ ।क्यप्तिअलले लाभांश बितरणको लागि बुक क्लोज मिति पछि सार्वजनिक गर्ने जनाएको छ ।

हालसम्म ९ वटा म्युचुअल फण्ड योजनाको लाभांश घोषणा, कुनको कति ?

हालसम्म ९ वटा म्युचुअल फण्ड योजना हरुले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । हालसम्म लक्ष्मी क्यापिटल, एनएमबि क्यापिटल, सिद्धार्थ क्यापिटल , एनआईबिएल एस क्यापिटल र सनराइज क्यापिटलले संचालन गरेका म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् । जस अनुसार लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत नै सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनएमबि म्युचुअल फण्ड अन्तर्गत नै संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै एनएमबि सरल बचत फण्ड ई ले लाभांश दिने छैन ।सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई  १० प्रतिशतका दरले हुन आउने रकम  बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।   त्यस्तै एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगती फण्डका इकाईधनीहरुलाई  कर सहित ४.२० % का दरले हुन आउने रकम  तीन करोड पन्ध्र लाख मात्र) प्रतिफल बितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनआईबिएल सहभागिता फण्डले इकाईधनीहरुलाई कर सहित ७.२०%  प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।त्यस्तै सनराइज क्यापिटल योजना ब्यबस्थापक रहेको सनराइज फर्स्ट म्युचुअल फण्डले  ईकाइधनीहरुलाई कर सहित १२% लाभांश बितरण गर्ने घोषणा गरेको छ  ।

एनआईबिएल सहभागिता फण्डको लाभांश घोषणा

नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबर्द्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामखी योजनाले लाभांश घोषणा गरेको छ।योजनाको आर्थिक बर्ष २०७८/०७९ को लेखापरिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०७९/०५/०९ गते अपरान्ह ३:३० बजे बसेको संचालक समितिको ९९औं बैंठकले आर्थिक बर्ष २०७८/०७९ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ७.२०% (सात दशमलव दुई सुन्य प्रतिशत) प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो। क्यापिटलले लाभांश वितरणको लागि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।   सो मिति सम्म कायम रहेका इकाईधनीहरु मात्र माथि उल्लेखित लाभांशका लागि योग्य मानिने छन् । “एनआईबिएल सहभागिता फण्ड” एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने (कर तथा निर्धारित DP शुल्क कट्टी पछिको लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको क्यापिटलले जनाएको छ । यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सकेका योग्य इकाईधनीहरुको हितग्राही खाता (DEMAT Account) मा यथासिघ्र इकाईहरु पठाईने क्यापिटलले जनाएको छ।

सिद्धार्थ क्यापिटलले संचालन गरेका म्युचुअल फण्डहरुको लाभांश घोषणा

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ तथा सिद्धार्थ व्यवस्थित लगानी योजना को आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण कार्य सम्पन्न भएको छ ।योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको श्रावण २५ गते अपरान्ह ३:१५ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई ९% र १०% (कर सहित) का दरले हुन आउने रकम क्रमश तेह्र करोड पचास लाख रुपैंया तथा बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।साथै, सिद्धार्थ व्यवस्थित लगानी योजनाको आ.व. २०७८/७९ का लागि प्रतिफल घोषणा नगर्ने निर्णय क्यापिटलले गरेको छ।

एनएमबि क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित २ सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेका छन् । एनएमबि फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल १ ले लाभांश घोषणा गरेका हुन् ।जस अनुसार एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।त्यस्तै  एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।प्रतिफल घोषणा गरेसंगे क्यापिटलले लाभांश बितरणको लागि बुक क्लोज मिति पनि तय गरेको छ । क्यापिटलले दुवै योजनाको लाभांश वितरणको लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो  । साउन ३० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन्  ।

सानिमा इक्विटी फण्डले ३३ प्रतिशत प्रतिफल दिने

सानिमा इक्विटी फण्डले आफ्ना लगानीकर्ताहरुलाई ३३ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । सानिमा क्यापिटलको भदौ १५ गते बसेको सञ्चालक समितको बैठकले लाभांश घोषणा गरेको हो ।सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको इक्विटीले लगानीकर्तालाई आकर्षक प्रतिफल दिने भएको छ । घोषणा अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका ईकाई धनीहरुले ३३ प्रतिशत प्रतिफल पाउनेछन् ।योजनाको आकार एक अर्ब ३० करोड रुपैयाँको करसहित ३३ प्रतिशत हुन आउने ४२ करोड नब्बे लाख रुपैयाँ प्रतिफ

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन ओटा योजनाद्वारा लाभांश घोषणा

साउन १७, काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन ओटा योजनाहरुले लाभांश घोषणा गरेका छन् । एनआईसी एशिया ग्रोथ फण्ड,एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले आर्थिक वर्ष ०७७/७८ को लाभांश घोषणा गरेका हुन् । एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले एउटै अनुपातमा कर सहित ३५ प्रतिशत र एनआईसी एशिया डायनामिक डेप्ट फण्डले कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  क्यापिटलको व्यवस्थापनमा तीन बन्दमुखी योजना र एक खुलामुखी योजना सञ्चालनमा रहेको छ । यी तीन योजना सहित क्यापिटलले असार २३ गतेदेखि सात वर्षे अवधिको एनआईसी एशिया सेलेक्ट–३० सञ्चालन गरेको छ । एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड भने खुलामुखी योजना हो ।  एनआईसी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष १२ प्रतिशत प्रतिफल वितरण गरेको थियो भने एनआईसी एशिया ब्यालेन्सड् फण्डले सञ्चालनमा आएको आठ महीनामै ८ प्रतिशत प्रतिफल वितरण गरेको थियो । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले भने पहिलो वर्षमा १० प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ ।

मिर्मिरे लघुवित्तको लाभांश घोषणा, सेयरधनीलाई १२.६३ % प्रतिफल दिने

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १२ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको बुधबार