सानिमा इक्विटी फण्डको लाभांश घोषणा

सानिमा इक्विटी फण्डको लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक सानिमा  कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्डको लाभांश घोषणा भएको छ  ।क्यापिटलले सानिमा बैंक कोष प्रवर्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड  नामक योजनाको आर्थिक बर्ष २०७८।७९ सम्मको मुनाफा तथा संचित रकम बाट योजनाका ईकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।जस अनुसार फण्डले इकाईधनीहरुलाई २२ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ ।  क्यापिटलले इकाईधनीहरुलाई २२ प्रतिशतले हुन आउने २८ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । यस योजनाको आकार १ अर्ब ३० करोड रहेको छ ।क्यप्तिअलले लाभांश बितरणको लागि बुक क्लोज मिति पछि सार्वजनिक गर्ने जनाएको छ ।

सम्बन्धित सामग्री