शेयर खरिदको विवादमा मुछिएका धितोपत्र बाेर्डका अध्यक्ष ढुंगाना निलम्बित

काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरिदको विवादमा मुछिएका नेपाल धितोपत्र वोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्वन गर्दै सरकारले उक्त प्रकरण छानविन गर्न समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई निलम्वन गर्दै छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको हो । उच्च अदालतका पूर्व न्यायधिश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित समितिमा नेपाल कानुन आयोगका सहसचिव […]

सम्बन्धित सामग्री

धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगानाले बुझाए स्पष्टिकरण, बर्खास्त हुन सक्ने

नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भिष्मराज ढुंगानाले सरकारलाई स्पष्टिकरण बुझाएका छन्  । उनले गत आइतबार अर्थ मन्त्रालयलाई आफ्नो स्पष्टिकरण बुझाएका हुन्  ।असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सकारलाई प्रतिवेदन बुझाएको थियो । जाँचबुझ समितिको सिफारिसको आधारमा उनलाई स्पष्टिकरण सोध्ने निर्णय सरकारले गरेको थियो। धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पु¥याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम कार्वाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद्को  बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।  उनले स्पष्टिकरण बुझाएसंगै उनलाई बर्खास्त गर्ने तयारी भएको स्रोत बताउछ । सरकारले नै कानुन अनुसार नै प्रक्रिया पुर्याएर उनलाई हटाउन लागेको र त्यसकै लागि कानुन अनुसार नै उनलाई स्पष्टिकरणको मौका प्रदान गरिएको स्रोतको भनाई छ ।के छ कानुनी ब्यबस्था ? धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धि ब्यबस्था छ । दफा ७ को उपदफा ६ मा अध्यक्षको पदावधि चार वर्षको हुने र निज पुनः बढीमा चार वर्षको लागि नियुक्त हुन सक्ने ब्यबस्था छ । सोहि दफाको उपदफा ७ मा अध्यक्षलाई हटाउन सकिने ब्यबस्था उल्लेख छ ।उक्त उपदफामा अध्यक्षले बोर्डलाई हानि नोक्सानी पु¥याई बोर्डको हित वा पूँजी बजारको विकास विपरित हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले उनलाई हटाउन सक्ने उल्लेख छ  । जाँचबुझ समितिको गठन गरी सो समितिको सिफारिसमा अध्यक्षको पदबाट हटाउन सक्ने ब्यबस्था ऐनले गरेको छ ।उपदफा ७ मा भनिएको छ 'यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षले बोर्डलाई हानि नोक्सानी पु¥याई बोर्डको हित वा पूँजी बजारको विकास विपरित हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गरी सो समितिको सिफारिसमा निजलाई अध्यक्षको पदबाट हटाउन सक्नेछ ।' तर यसरी पदबाट हटाउनु अघि अध्यक्षलाई आफ्नो पक्षमा सफाई पेश गर्ने उचित अवसर प्रदान गर्नु पर्ने ब्यबस्था ऐनले गरेको छ । ऐनको ब्यबस्था अनुसार जाँचबुझ समितिको गठन गरी सो समितिको सिफारिसमा निजलाई अध्यक्षको पदबाट हटाउन सकिने छ ।  कसरी विवादमा आए ढुंगाना ?नेपालको शेयर बजारको इतिहासमा पहिलो पटक बुक बिल्डिङ बिधिबाट प्राथमिक शेयर जारी गर्न लागेको सर्बोत्तम सिमेन्टको शेयर बोर्ड अध्यक्ष ढुंगानाले परिवारका सदस्यको नाममा खरिद गरिएको खुलासा भएपछि उनी विवादमा आएका हुन् ।  अदालतमा मुद्दा विचारधीन सरकारले निलम्बन गरेलगत्तै ढुंगानाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।  उक्त मुद्दा हाल अदालतमा विचाराधीन रहेको छ । नेपाल सरकारले निलम्बन गरेपछि बोर्ड अध्यक्ष ढुंगानाले भदौ २३ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।  ढुंगानाले दायर गरेको रिटको सुनुवाइ गर्दै भदौ २९ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । त्यसपछि पेशी तोकिए पनि पेशी चढ्न भने सकेको छैन।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गर्ने सरकारको तयारी

असोज ११, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  सर्वाेतम सिमेन्टको शेयर खरीदमा उनको संलग्नता रहेको सरकारी छानविन समितिबाटै प्रतिवेदन आएपछि उनलाई सोमवारको मन्त्रिपरिषद् बैठकले पदीय मर्यादा विपरित काम किन गरेको भन्दै स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोध्ने निर्णय भएको र चित्त बुझ्दो जबाफ नआए पदबाट बर्खास्त गर्ने तयारी भएको सरकारका एक मन्त्रीले बताए । धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले कानून विपरीत आफन्तको नाममा शेयर खरीद गरेको विषयमा सरकारले भदौको दोस्रो साता छानबीन समिति नै बनाएर अनुसन्धान गरेको थियो । बोर्डका अध्यक्षका सम्बन्धमा छानबीन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । छानविन समितिको सदस्यमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका थिए । धितोपत्र बोर्ड सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन गरि सरकारले छानविन गरेको थियो ।  उपदफा ७ अनुसार अध्यक्षले बोर्डलाई हानिनोक्सानी पुर्‍याई बोर्डको हित वा पूँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गर्न सक्ने कानूनी व्यवस्था छ । जाँचबुझ समितिले सिफारिस गरेमा अध्यक्षलाई हटाउन सकिने पनि व्यवस्था रहेको छ । उक्त समितिले ढुंगानाको संलग्ना रहेको प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाइसकेको छ । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरीको नाममा सर्वाेत्तम सिमेन्टको शेयर खरीद भएको पाइएपछि उनलाई सरकारले पदबाट निलम्बन गरेको थियो तर आफू दोषि नरहेको भन्दै उनी निलम्बन विरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले हालै मात्र निलम्बन गर्नुको कारण देखाउ आदेश सरकारका नाममा गरेको थियो । अहिले यो मुद्दा विचाराधीन अवस्थामा छ । यसैबीच,  सरकारले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता गर्ने निर्णय गरेको छ ।  #सम्पादन गरिएको यो पनि हेर्नुस् : धितोपत्र बोर्डका अध्यक्ष निलम्बित

सर्वोत्तमको शेयर खरीद प्रकरण "ढुंगानाको संलग्नता देखियो : समिति"

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले बुझाएको प्रतिवेदनमा ढुंगानाले पदको दुरूपयोग गरेको निचोड निकालिएको छ । अर्थ मन्त्रालयमा मंगलवार आयोजित कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले छानविन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाए । छोरी विदेश भएको बेला ढुंगानाले छोरीको नाममा शेयर कित्र पैसा दिएको र उनको प्रत्यक्ष संलग्नतामा शेयर खरीद गरिएको देखिएको निष्कर्ष प्रतिवेदनमा रहेको अर्थमन्त्री निकट स्रोतले बतायो । जाँचबुझ प्रतिवेदन बुभ्mदै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताए । सर्वोत्तम सिमेन्टको शेयर नेप्से सीईओ चन्द्रसिंह साउदकी श्रीमती सुशीला बोहराको नाममा समेत किनेको भेटिएको थियो । श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको शेयर किनेको सार्वजनिक भएपछि साउदले भने नेप्सेको सीईओ पदबाट राजीनामा दिएका थिए । यसअघि अर्थ मन्त्रालयले पनि आन्तरिक रूपमा समिति बनाइ यसबारे छानविन गरेको थियो । उक्त समितिले पनि प्रारम्भिक निष्कर्ष निकाल्दै ढुंगानको संलग्नता देखिने र उनले त्यसक्रममा पदीय मर्यादा भुलेको देखिने अर्थ मन्त्रालय स्रोत बताउँछ । छानविन समितिको प्रतिवेदनअनुसार सर्वोत्तम सिमेन्टको शेयर खरीद गर्न धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानाले आप्mनी छोरी रेविका ढुंगानाको नाममा रहेको लक्ष्मी बैंकको खातामा १० हजार रूपैयाँ र ५ लाख रूपैयाँ जम्मा गरेको देखिन्छ । त्यसको ३ दिनमै रेविकाले शिखा शेयरधनी अग्रवाललाई शेयर खरीद गर्न भुक्तानी दिएको देखिन्छ । भीष्मराज ढुंगानाकी छोरीले अग्रवालको खातामा २५ लाख रूपैयाँ भुक्तानी गरेको खुल्ने अर्थ मन्त्रालय उच्च स्रोतले बतायो । गतवर्ष पुस २८ मा भीष्मराज ढुंगानाले आफ्नो नामको नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको ०२९५९०५०२५०६१० नम्बरको खाताबाट छोरी रेविकाको खातामा २५ लाख रूपैयाँ चेक शेयर विक्रेता शिखा अग्रवाललाई भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । रेविका विदेशमै भएको अवस्थामा यस्तो कारोबार भएको थियो । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानिनोक्सानी पुर्‍याई बोर्डको हित र पूँजी बजारको विकास विपरीत हुनेगरी पदीय आचरणविपरीत कामकारबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बित

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेको छ। हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ढुंगानालाई निलम्बन गरेको हो। अध्यक्ष ढुंगानाले छोरीका नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेपछि विवादमा मुछिएका थिए। यस्तै , हिजो (बुधबार) बसेको मन्त्रीपरिषद्को बैठकले यस विषयमा छानबिन गर्न छानबिन समिति समेत गठन गरेको छ। छानबिन समितिमा उच्च अदालतका […]

धितोपत्र बोर्डका अध्यक्ष निलम्बित

काठमाडौ, भदौ १७ । कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई बोर्ड अध्यक्षबाट निलम्बन गरी सरकारले छानविन गर्न समिति गठन गरेको छ । बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर जारी गर्न तयार रहेको सर्वोत्तम सिमेन्टको शेयर कानुनविपरीत आफन्तका नाममा खरिद गरेको देखिएकाले सरकारले उनलाई निलम्बनमा राखी छानविन […]

धितोपत्र बोर्डका अध्यक्ष निलम्बित

कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई बोर्ड अध्यक्षबाट निलम्बन  गरी सरकारले छानविन गर्न समिति गठन गरेको छ ।बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर जारी गर्न तयार रहेको सर्वोत्तम सिमेन्टको शेयर कानुनविपरीत आफन्तका नाममा खरिद गरेको देखिएकाले सरकारले उनलाई निलम्बनमा राखी छानविन गर्न समिति गठन गरेको हो । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानबिन

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बित

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ढुंगानालाई निलम्बन गरेको हो । अध्यक्ष ढुंगानाले छोरीका नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरेपछि विवादमा मुछिएका थिए । मन्त्रीपरिषद्को बैंठकले यस विषयमा छानविन गर्न छानविन समितिसमेत गठन गरेको छ । छानविन समितिमा उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको […]