धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गर्ने सरकारको तयारी

असोज ११, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  सर्वाेतम सिमेन्टको शेयर खरीदमा उनको संलग्नता रहेको सरकारी छानविन समितिबाटै प्रतिवेदन आएपछि उनलाई सोमवारको मन्त्रिपरिषद् बैठकले पदीय मर्यादा विपरित काम किन गरेको भन्दै स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोध्ने निर्णय भएको र चित्त बुझ्दो जबाफ नआए पदबाट बर्खास्त गर्ने तयारी भएको सरकारका एक मन्त्रीले बताए । धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले कानून विपरीत आफन्तको नाममा शेयर खरीद गरेको विषयमा सरकारले भदौको दोस्रो साता छानबीन समिति नै बनाएर अनुसन्धान गरेको थियो । बोर्डका अध्यक्षका सम्बन्धमा छानबीन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । छानविन समितिको सदस्यमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका थिए । धितोपत्र बोर्ड सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन गरि सरकारले छानविन गरेको थियो ।  उपदफा ७ अनुसार अध्यक्षले बोर्डलाई हानिनोक्सानी पुर्‍याई बोर्डको हित वा पूँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गर्न सक्ने कानूनी व्यवस्था छ । जाँचबुझ समितिले सिफारिस गरेमा अध्यक्षलाई हटाउन सकिने पनि व्यवस्था रहेको छ । उक्त समितिले ढुंगानाको संलग्ना रहेको प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाइसकेको छ । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरीको नाममा सर्वाेत्तम सिमेन्टको शेयर खरीद भएको पाइएपछि उनलाई सरकारले पदबाट निलम्बन गरेको थियो तर आफू दोषि नरहेको भन्दै उनी निलम्बन विरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले हालै मात्र निलम्बन गर्नुको कारण देखाउ आदेश सरकारका नाममा गरेको थियो । अहिले यो मुद्दा विचाराधीन अवस्थामा छ । यसैबीच,  सरकारले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता गर्ने निर्णय गरेको छ ।  #सम्पादन गरिएको यो पनि हेर्नुस् : धितोपत्र बोर्डका अध्यक्ष निलम्बित

सम्बन्धित सामग्री

भोलिको बैठकबाट कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने सरकारको तयारी

काठमाडौँ – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने तयारी सरकारले गरेको छ। स्रोतका अनुसार सोमबार (भोलि) बस्ने मन्त्रिपरिषदको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय लिनेछ। गत जेठ २६ गते बसेको बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्न मन्त्रालयको प्रस्तावमा अधिकारीलाई तीन दिनभित्र प्रष्टिकरण सोध्ने निर्णय गरेको थियो। स्रोतका अनुसार अधिकारीले प्रष्टिकरण दिएका छन् र […]

प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने सरकारको तयारी

सरकारले प्रदेशको कामकाजका लागि अहिलेसम्म एक हजार कर्मचारी खटाइसकेको छ । जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् । बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन् । धेरैजसो बीचबाटोबाटै हराएका छन् । कर्मचारीहरू आफ्नो कार्यक्षेत्रमा नजाँदा प्रादेशिक कार्यालयका काम प्रभावित बनेका छन् । सचिवदेखि कार्यालय सहयोगीसमेतका कर्मचारी खटाएको ठाउँमा नगएपछि सरकार आक्रामक रूपमा प्रस्तुत भएको छ । खटाएका प्रदेश…