सर्वोत्तमको शेयर खरीद प्रकरण "ढुंगानाको संलग्नता देखियो : समिति"

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले बुझाएको प्रतिवेदनमा ढुंगानाले पदको दुरूपयोग गरेको निचोड निकालिएको छ । अर्थ मन्त्रालयमा मंगलवार आयोजित कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले छानविन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाए । छोरी विदेश भएको बेला ढुंगानाले छोरीको नाममा शेयर कित्र पैसा दिएको र उनको प्रत्यक्ष संलग्नतामा शेयर खरीद गरिएको देखिएको निष्कर्ष प्रतिवेदनमा रहेको अर्थमन्त्री निकट स्रोतले बतायो । जाँचबुझ प्रतिवेदन बुभ्mदै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताए । सर्वोत्तम सिमेन्टको शेयर नेप्से सीईओ चन्द्रसिंह साउदकी श्रीमती सुशीला बोहराको नाममा समेत किनेको भेटिएको थियो । श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको शेयर किनेको सार्वजनिक भएपछि साउदले भने नेप्सेको सीईओ पदबाट राजीनामा दिएका थिए । यसअघि अर्थ मन्त्रालयले पनि आन्तरिक रूपमा समिति बनाइ यसबारे छानविन गरेको थियो । उक्त समितिले पनि प्रारम्भिक निष्कर्ष निकाल्दै ढुंगानको संलग्नता देखिने र उनले त्यसक्रममा पदीय मर्यादा भुलेको देखिने अर्थ मन्त्रालय स्रोत बताउँछ । छानविन समितिको प्रतिवेदनअनुसार सर्वोत्तम सिमेन्टको शेयर खरीद गर्न धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानाले आप्mनी छोरी रेविका ढुंगानाको नाममा रहेको लक्ष्मी बैंकको खातामा १० हजार रूपैयाँ र ५ लाख रूपैयाँ जम्मा गरेको देखिन्छ । त्यसको ३ दिनमै रेविकाले शिखा शेयरधनी अग्रवाललाई शेयर खरीद गर्न भुक्तानी दिएको देखिन्छ । भीष्मराज ढुंगानाकी छोरीले अग्रवालको खातामा २५ लाख रूपैयाँ भुक्तानी गरेको खुल्ने अर्थ मन्त्रालय उच्च स्रोतले बतायो । गतवर्ष पुस २८ मा भीष्मराज ढुंगानाले आफ्नो नामको नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको ०२९५९०५०२५०६१० नम्बरको खाताबाट छोरी रेविकाको खातामा २५ लाख रूपैयाँ चेक शेयर विक्रेता शिखा अग्रवाललाई भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । रेविका विदेशमै भएको अवस्थामा यस्तो कारोबार भएको थियो । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानिनोक्सानी पुर्‍याई बोर्डको हित र पूँजी बजारको विकास विपरीत हुनेगरी पदीय आचरणविपरीत कामकारबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।

सम्बन्धित सामग्री

बाँकेमा दम्पत्ति हत्या प्रकरण : भाइबुहारीको हत्या गर्न दाइले नै दिए सुपारी !

१० साउन, नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१४, पार्वतीपुरमा भएको दम्पत्तिको विभत्स हत्यामा मृतकका दाइको संलग्नता देखिएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसुधन न्यौपानेले हत्यामा मृतक कृष्णकुमार गडरियाको दाइ विजयकुमार गडरियाको संलग्नता खुलेको बताए । मंगलबार बिहान ६ बजे पार्वतीपुरमा २५ वर्षीय कृष्णकुमार गडरिया र उनकी श्रीमती अञ्जली गडरिया आफ्नै घरको ग्यालरी र पालीमा […]

बजेट प्रकरण : संसदीय छानबिन समितिको म्याद थपको तयारी

५ साउन, काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भनिएको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले तोकिएको अवधिभित्र काम पूरा गर्न नसकेपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ । सम्भवत आज बस्ने संसदको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले समितिलाई थप समय उपलब्ध गराउने छन् । यसअघि २२ असारमा समिति गठन गरी काम सुरु […]

अर्थ मन्त्रालयको सिसिटिभी फुटेज प्रकरण : संसदीय समितिबाट छानबिन गर्न ओलीको माग

प्रमुख प्रतिपक्ष दल एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता विषयमा छानबिनका लागि संसदीय समिति बनाउन माग गरेको छ । सिसिटिभी फुटेज मेटिएको भन्ने अर्थ मन्त्रालयको भनाइप्रति असन्तुष्ट एमालेले अर्थमन्त्री जनार्दन शर्माले...

कैदी फरार प्रकरण : प्रहरीकै मिलोमतोमा भगाएको पुष्टि

घोराही कारागारमा जन्मकैद सजाय भोगिरहेका कैदी फरार भएको घटनामा प्रहरीकै संलग्नता रहेको अनुसन्धानका क्रममा खुलेको छ ।

सङ्खुवासभा सामूहिक हत्या प्रकरण : थप चार जनाको संलग्नता

काठमाडौँ । सङ्खुवासभा सामूहिक हत्याकाण्डमा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएको र उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जना छिमेकीलाई पनि पक्राउ गरेको हो । उनीहरुलाई आज (सोमबार) पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ । सङ्घीय प्रहरी कार्यालय धरानका एसपी भिम दाहालले भने, […]

सुजिता हत्यामा बुवाको संलग्नता

महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुर हत्या प्रकरण अनुसन्धानबाट प्रहरीले उनका बुवाको संलग्नता देखिएको छ।...

युवक बेपत्ता प्रकरण : भारतले भन्यो- ‘एसएसबीले तुइन काटेको हल्ला गलत’

दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनामा भारतले आफ्ना सुरक्षाकर्मीको संलग्नता अस्वीकार गरेको छ । शनिवार दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले एसएसबीको संलग्नता अस्वीकार गरेका हुन् । मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा एसएसबीका जवानले तुइनको डोरी काटेपछि  धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । तर, आनन्द स्वरुले दार्चुलाका प्रमुख जि