सरकारले सर्वोत्तम सिमेन्टको सेयर खरीदमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गर्दै न्यायिक छानविन समिति गठन गरेको छ।
मन्त्रीपरिषदको बुधबार बसेको बैठकले तीन सदस्यीय छानविन समिति गठन गरेको हो। मन्त्रिपरिषद्ले छानविन प्रक्रिया प्रभावित हुनसक्ने वा प्रमाण नष्ट हुनसक्ने कारण देखाउँदै बोर्ड अध्यक्ष ढुंगानालाई निलम्बनको निर्णय गरेको हो।
उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित समितिमा नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का र विज्ञ सदस्यका रुपमा नारायणप्रसाद पौडेल सदस्य छ...