काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची तयार गर्दा एकलौटी रूपमा तयार पारेको भन्दै असन्तुष्ट पक्षले सानेपामा धर्ना दिएको छ। समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा न्यायोचित पूर्ण रुपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पार्टी कार्यालयमा धर्ना दिएको हो। समानुपातिकको बन्द सूचीमा शेखर कोइराला समूहका १३ जनालाई मात्रै राखिएको भन्दै यो समूह असन्तुष्ट बनेको छ। धर्नामा शेखर पक्षका