नैतिक शिक्षाले व्यक्ति असल व्यवहार र असल चरित्र भएको व्यक्ति बन्न सफल हुन्छ । परिवारमा, समाजमा मात्र नभएर सिङ्गो राष्ट्र नै सकारात्मक बन्न नैतिक शिक्षाको आवश्यकता पर्दछ । हरेक नागरिकहरूमा आफ्नो दायित्वको बोध हुन र सिङ्गो मुलुकलाई सकारात्मक तरिकाबाट अगाडि बढाउनका निम्ति हरेक राष्ट्रबासीहरूमा नैतिक ज्ञानको बोध हुनु अति नै आवश्यक देखिन्छ । हातमा पीएचडीको प्रमाणपत्र बोकेर हिँडेको छ, नाम अनि दाम कमाएकै छ । तर, आफ्नै आमा बाबासँग कसरी बोल्नुपर्ने हो, कस्तो व्यवहार गर्नुपर्ने हो भन्ने कुराको ज्ञान