काठमाडौं : पुस ३ गते संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशप्रतिको माया मर्दै गएको भन्दै आक्रोश पोखे। उनले नैतिक शिक्षा आवश्यक रहेको भन्दै अब शिक्षा नीति नै परिवर्तन हुन जरूरी रहेको धारणा राखे।उनले भने, ‘हामी शिक्षा नीतिमा सोचौँ, पहिला पहिला बरू नैतिक शिक्षा भन्ने हुने गर्थ्यो, नैतिक शिक्षा १०० नम्बरको हुन्थ्यो, मैले थाहा पाएसम्म। त्यो हटाइयो, नैतिक शिक्षामा देशको माया, इतिहासको संस्कृतिको माया, राष्ट्रिय भावनाक