बाँके : नेपालगञ्जमा कोभिड– १९ रोकथाम र नियन्त्रणलाई प्रभावकारी रूपमा अघि बढाउन नेपालगञ्ज उप–महानगरपालिकाले स्वास्थ्यकर्मीहरू करारमा भर्ना गरेर विभिन्न अस्पतालहरूमा खटाएको छ। उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ गरी ४१ जना स्वास्थ्यकर्मी भर्ना गरिएको जानकारी दिए।उपमहानगरले भर्ना लिएका मध्ये १५ जनालाई भेरी अस्पताल नेपालगञ्जमा खटाइएको चन्दले बताए। यसैगरी, सीमा नाका जमुनहास्थित संचालनमा रहेको हेल्थडेस्कमा १३ जना