वायु सेवा निगमका अध्यक्ष अधिकारी बर्खास्त

काठमाडौं : सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो। सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए। आफूखुसी  कर्मचारी भर्ना गरेको,  कार्यालयका कर्मचारीलाई अभद्र व्यावहार गरेको लगायतका आरोप उनीमाथि लागेको थियो। उनी निलम्बनमा परेपछि सरकारले

सम्बन्धित सामग्री

नेपाल एयरलाइन्सको प्रवक्तामा उप–निर्देशक पाैडेल नियुक्त

काठमाडौं । उप–निर्देशक रमेश पाैडेल नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को प्रवक्तामा नियुक्त हुनुभएकाे छ । उप–निर्देशक पाैडेललाई आज आइतबार निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले प्रवक्ता पदमा नियुक्त गरेको गर्नुभएकाे हाे । उप–निर्देशक पाैडेललाई दिइएकाे चिठ्ठीमा भनिएकाे छ, ‘तपाईंलाई तत्कालैदेखि लागू हुनेगरी तपाईले हालसम्म सम्हाली आइरहनु भएकाे हार्यकाे अतिरिक्त निगमकाे प्रवक्ताकाे जिम्मेवारी दिइएकाे छ।’ […]

आफ्नै अध्यक्षताको निगम सञ्चालक समितिले सोध्यो अधिकारीलाई स्पष्टीकरण

६ भदौ, काठमाडौं ।  नेपाल वायु सेवा निगम (नेपाल  एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सञ्चालक समितिले स्पष्टीकरण सोधेको छ । अधिकारीकै अध्यक्षतामा बसेको सञ्चालक समितिले उनीमाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ५ जना सञ्चालकहरुले बहुमतका आधारमा गरेको निर्णयमा अधिकारीले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । वायुसेवा निगमको कार्यसम्पादन प्रभावकारी हुन नसकेको, गति लिन नसकेको, […]

नेपाल एयरलाइन्सले साउदीको रियादमा सिधा उडान गर्दै

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ । वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु गर्न लागिएको जानकारी दिनुभयो । निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको […]

निगमको ग्राउन्डेड न्यारो बडी जहाज उड्यो

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएको न्यारो बडी ए–३२० जहाजले आजदेखि पुनः नियमित उडान सुरु गरेको छ । इन्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको उक्त जहाज मर्मतपछि उडानयोग्य भएको थियो । उक्त जहाजको एउटा इन्जिन भाडामा लिएर उडान योग्य बनाइएको हो ।ग्राउन्डेड जहाजले मर्मतपछि आजदेखि नियमित उडान सुरु गरेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘जहाज आजदेखि उडिसक्यो, यो जहाज बन्दै नबनोस्, नउडोस् र यसको वि

वायु सेवा निगमले साउदी अरेबियामा उडान गर्ने

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले साउदी अरेबियाको रियादमा उडान गर्ने भएको छ । आज आइतवार नेपाल वायु सेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको छ । उडान अनुमतिअनुसार नेपाल वायु सेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेकाे विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीकाे पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले जनाएको छ ।  निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक...

विद्युत् प्राधिकरणको मालसामान नेपाल एयरलाइन्सको जहाजबाट ल्याइने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजमार्फत ढुवानी गरिने भएको छ । उक्त प्रयोजनका निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुरुप प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश […]

नेपाल एयरलाइन्समा महाप्रबन्धक अधिकारविहीन, के गर्छन् पौडेल ?

१४ कात्तिक, काठमाडौं । सरकारले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्ष पदमा युवराज अधिकारीलाई नियुक्त गरेसँगै महाप्रबन्धक डिमप्रसाद पौडेल अधिकारविहीन भएका छन् । २०७७ असोज २७ गतेदेखि ४ वर्षका लागि नियुक्त भएका महाप्रबन्धक पौडेलले कार्यकारी अधिकार प्रयोग गर्दै आएकामा कात्तिक ८ गतेको मन्त्रिपरिषद् बैठकले महाप्रबन्धकको अधिकारसमेत प्रयोग गर्ने गरी कार्यकारी अध्यक्ष नियुक्त […]

‘राष्ट्रिय ध्वजावाहकको प्रतिष्ठा बढाउँछु’

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का नवनियुक्त कार्यकारी अध्यक्ष युवराज अधिकारीले राष्ट्रिय ध्वजावाहकको मर्यादा र प्रतिष्ठा बढाउने गरी काम गर्ने बताएका छन् । उनले भने, “निगमको विभिन्न विभागको जिम्मेवारीमा रहेर लामो समय सेवा गरेको व्यक्ति भएकाले आज मेरो नियुक्तिमा निगमका कर्मचारीहरु अत्यन्तै खुशी छन् । म गएपछि निगमभित्रको लामो समयदेखिको कर्मचारीको आन्दोलन पनि रोकिन्छ । भोलि मैले उहाँहरुलाई सम्बोधन गर्नेछु ।” अध्यक्ष अधिकारीले निगमको बृहत्तर हित, संस्थागत सुदृढीकरण तथा कर्मचारीको हक, हित र सेवाको सुरक्...

नवनियुक्त अध्यक्ष अधिकारी भन्छन्- ‘राष्ट्रिय ध्वजावाहकको प्रतिष्ठा बढाउँछु’

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज भएको बैठकले निगमका पूर्व कर्मचारीसहित रहेका अधिकारीलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निगमका यसअघिका अध्यक्ष सुशील घिमिरेको राजीनामालाई स्वीकृत गर्दै नयाँ […]