युद्धग्रस्त देशमा सेनामा भर्ना भए भोली उद्धारमा कठिनाइ हुनसक्ने

काठमाडौं, साउन १७। सरकारले युद्धग्रस्त देशमा सुरक्षासम्बन्धी काममा नजान आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर कसैको झुक्यानमा परि वा गलत सूचनाका आधारमा युद्धग्रस्त देशमा सुरक्षासम्बन्धी काममा नजान आग्रह गरेको छ । यस्ता काममा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहनसमेत मन्त्रालयले सबैलाई सूचित गरेको छ । केही सामाजिक सञ्जाल र […]

सम्बन्धित सामग्री

भोली सार्वजनिक बिदा

सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले भोली एक दिन सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले जारी गरेको सूचनामा कार्तिक १ गते देशैभर सार्वजनिक बिदा दिइएको उल्लेख छ । साथै सो दिन राष्ट्रिय झन्डा आधा झुकाउने पनि मन्त्रालयले उल्लेख गरेको छ ।जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निधन भएको हो । विगत लामो समय देखि प्रोष्टेड तथा मुटुको समस्याबाट गुज्रिरहेका उनलाई कमजोरी देखिएका कारण २०७९/०६/०७ गते ईमर्जेन्सीमा ल्याई भर्ना गरिएको थियो । अस्पतलाका अनुसार उनको रगत परीक्षण गर्दा डेङ्गु संक्रमण देखिएको र छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थिए । अस्पतालले उनलाई निरन्तर अक्सिजन सपोर्टमा राखेको थियो । गत शुक्रबारदेखि औषधि चलाएता पनि शरिरले राम्रो काम नगरेको र उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको थियो । सँस्कृतिविद जोशी तीनपटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्तित्व हुन् । उनको पार्थिव शरीर हिजो नै किस्ट अस्पताललाई हस्तान्तरण गरिएको छ । उनकै इच्छा अनुसार अध्ययन तथा अनुसन्धान प्रयोजनको लागि उनको शरीर नजलाई अस्पताललाई प्रदान गरिएको हो । उनले नै आफु सय वर्ष भन्दा बढी कसरि बाँचे भनेर आफ्नो मृत्युपछि यस बारे अध्ययन होस् भनेर अस्पताललाई शव दिने निर्णय गरेका थिए ।

पूर्वप्रधानमन्त्री भट्टराई शल्यक्रियाको लागि अस्पताल भर्ना हुँदै

काठमाडौं, बैशाख १५ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आज शल्यक्रियाको लागि वीर अस्पताल भर्ना हुने भएका छन्। उनी न्युरो(इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि भर्ना हुन लागेका हुन्। उनको काठमाडौंस्थित वीर अस्पतालमा डा सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया गरिने भएको हो। उनको शल्यक्रिया भने भोली अर्थात १७ गते हुने जनाइएको छ। यसअघि ट्युमरमा क्यान्सरको […]

पूर्वप्रधानमन्त्री भट्टराई शल्यक्रियाकाे लागि अस्पताल भर्ना हुँदै

काठमाडौंस्थित वीर अस्पतालमा डा.सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया गरिने भएको हो। भट्टराई आजै अस्पताल भर्ना हुने बताइएको छ। उनकाे शल्यक्रिया भने भोली अर्थात १७ गते हुने जनाइएको छ।

चिकित्सकसँग प्रधानमन्त्रीले भने : ढुक्क हुनु, एक सातापछि क्याबिनेट बोलाउँछु

काठमाडौँ : मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार डायलाइसिस गरिएको छ। भोली (बुधबार) मिर्गौला प्रत्यारोपण गर्ने अन्तिम तयारीस्वरुप चिकित्सकहरुले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डायलाइसिस गरेका हुन्।  मिर्गौलाको डायलाइसिससँगै अन्य चेकजाँच पनि पूरा...