बैतडी : जिल्लाको डिलासैनी गाउँपालिकाले करारमा कार्यरत कर्मचारी हटाउने भएको छ। गाउँपालिकाले साउन १ देखि करारका कर्मचारी र शिक्षकको करार अवधि नथप्ने निर्णय गरेको हो। विस २०७८ पुसयता नियुक्त गरेका सबै करार कर्मचारी र शिक्षकहरुलाई साउन १ गतेदेखि काममा नआउन भनिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।अन्धाधुन्ध रुपमा पूर्ववर्ती सरकारले पालिकामा कर्मचारी र शिक्षकहरुलाई करारमा भर्ना गरेकाले पुस ३० गतेपछि नियुक्त भएकाहरुको करार अवधि साउन १ गतेबाट नथप्ने निर्णय भएको गाउँपालिका अध्य