काठमाडौं : परराष्ट्र मन्त्रालयले विश्वका कुनै पनि युद्धग्रस्त देशका सेनामा भर्ना नहुन र सुरक्षासम्बन्धी काममा नजान नेपालीहरुसँग आग्रह गरेको छ।परराष्ट्रले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। परराष्ट्रको विज्ञप्तिमा ‘केही सामाजिक संजाल र सार्वजनिक संचारमाध्यममा नेपालीहरु विदेशी सेनामा भर्ना भएको भन्ने समाचारको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको’ उल्लेख छ।‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको राष्