भारतलाई झस्काउने चीन–ईरान सम्झौता

सेशाद्री चारीप्रतिबन्ध हटाउन अमेरिकाले थोरैमात्र संकेत देखाइरहेका बेला चीनले ईरानसँग ४ सय बिलियन डलरको सम्झौता गरेको छ । यो भारतका लागि राम्रो समाचार होइन ।चीन र इरानबीचको २५ वर्षे आर्थिक सहकार्य सम्झौताले भारतलाई चिन्तित हुनुपर्ने र एशियाली क्षेत्रका देशहरुप्रतिको आफ्नो नीति पनि पुनर्विचार गर्नुपर्ने अवस्थामा पुर्याएको हुनुपर्...

सम्बन्धित सामग्री

भारतलाई २०० मेगावाट बिजुली बेच्न ५ वर्षे मध्यकालीन सम्झौता

११ असार, काठमाडौं । भारतले एकैपटक ५ वर्षका लागि वर्षायाममा नेपालबाट २ सय मेगावाट विद्युत खरिद गर्ने भएको छ । भारतसँग भएको दीर्घकालीन विद्युत व्यापार प्रारम्भिक सम्झौताकै अंगका रुपमा रहने गरी मध्यकालीन विद्युत खरिदका सम्झौता भएको नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरुले दाबी गरेका छन् । उनीहरुका अनुसार यो सम्झौता यसअघिको जस्तो पटके किमिसको हैन । यो […]

नक्साबारे भारतलाई कूटनीतिक नोट पठाउन माग

काठमाडौँ : पेशागत महासंघ नेपालले भारतलाई नेपाली भूमि समेटिएको नक्सा राखेको सम्बन्धमा कूटनीतिक नोट पठाई ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको छ।भारत सरकारले आफ्नो नयाँ संसद् भवनमा नेपालको भूमि समेटिएको नक्सा राखेकोप्रति आपत्ति जनाउँदै कूटनीतिक नोट पठाई ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको हो। साथै महासंघले विगतमा भएका असमान सन्धि सम्झौता खारेज गर्न र प्राकृतिक स्रोत साधनसम्बन्धी सन्धि सम्झौता नेपालको हितअनुरूप लागू गर्न सरकारसँग माग गरेको छ।आइतवार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल

चीनबाट खोसिएका दुई ठूला जलविद्युत आयोजना भारतलाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नेपालका २ ठूला जलविद्युत आयोजन भारतलाई दिनेबारे सम्झौता हुने भएको छ । लगानी बोर्डको निर्णयअनुसार आज साँझ उक्त सम्झौतामा हस्ताक्षर हुने लागेको हो । इन्डिकेटिभ जडित क्षमता ७५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना र इन्डिकेटिभ जडित क्षमता ४५० मेगावाटको सेती नदी-६ जलविद्युत परियोजना निर्माणको जिम्मा भारतको कम्पनी एनएचपीसीलाई दिने […]

हरित परियोजनाका लागि भारतलाई जर्मनीले १० अर्ब यूरो दिने

एजेन्सी, २० वैशाख । जर्मनीले भारतलाई हरित परियोजनाका लागि १० अर्ब यूरो दिने प्रतिवद्धता जनाएको छ । सन् २०३० भित्र हरित र दीगो विकास साझेदारीका लागि भारत र जर्मनीबीच सोमबार सम्झौता भएको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यूरोप भ्रमण अन्तर्गत जर्मनी पहिलो गन्तव्य थियो । जहाँ उक्त सम्झौता भएको उल्लेख […]

भारतलाई विद्युत बिक्रि गर्ने सम्झौता गरेको नेपेक्समा नयाँ संचालक समिति चयन

नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेप्सेक्स) मा नयाँ संचालक समिति चयन भएको छ। कम्पनीको सोमबार सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा नयाँ संचालक समिति चयन गरेको हो। कम्पनीको संचालकहरुमा शैलेन्द्र गुरागाईँ, कृष्ण आचार्य, उत्तम ब्लोन , आशिष गर्ग र उत्तर कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका हुन्। गुरागाईँ र गर्ग अघि पनि संचालक समिति मै थिए । उत्तर कुमार श्रेष्ठ बुटवल पावर कम्पनीका सीईओ हुन् । अब कम्पनीको पहिलो संचालक समितिको बैठकले अध्यक्ष चयन गर्ने छ ।कम्पनीले सोमबार नै विजुली बिक्रिको लागि भारतको निजि कम्पनीसँग सम्झौता गरेको छ । सोमबार आयोजित पावर मार्केट सम्मिटमा उर्जामन्त्री पम्फा भुषालको उपस्थितिमा नेपालको नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेप्सेक्स) र भारतको मनिकरण पावर लिमिटेडबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेप्पेक्सको तर्फबाट प्रबन्ध निर्देशक आशिष गर्ग र मनिकरणको तर्फबाट नवजित सिंह कल्सीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपेक्सले मनिकरणलाई तत्काल ५०० मेगावाट विद्युत बिक्रि गर्ने छ । त्यस्तै मनिकरणले नेप्सेक्समा १५ प्रतिशत शेयर लगानी पनि गर्ने छ । हाल नेप्सेक्सको अधिकृत पूँजी दुई अर्ब, र चुक्ता पूँजी २० करोड रुपैयाँ छ ।त्यस्तै भविष्यमा थप विद्युत ब्यापारको सम्भावना अध्ययन गर्ने , नेप्सेक्सको  क्षमता अभिवृद्धि गर्ने  लगायतका कार्य मनिकरणले गर्ने छ ।बर्खामा खेर गएको बिजुलीलाई बिक्रि गर्ने गरि सम्झौता भएको हो । सोहि कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको बर्खामा दैनिक ५ सय देखि ७ सय मेगावाटसम्म बिजुली खेर गएको बताएका थिए । झन्डै ४ महिनासम्म दैनिक ५० करोड युनिट विजुली खेर गएको र प्रति युनिट ५ रुपैयाँको दरले हिसाब गर्दा पनि ५ अर्बको बिजुली खेर गएको उनको भनाई थियो।वर्खामा खेर जाने विद्युतलाई नेपेक्सले मनिकरणलाई बिक्रि गर्ने भएको हो । हालसम्म सरकारले निजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिएको छैन । यद्यपि उर्जा मन्त्री पम्फा भुषालले लाईसेन्स दिन सकारात्मक रहेको बताएकी छैन । लाईसेन्स पाएपछि मात्र नेप्सेक्सले विद्युत विक्री गर्न सक्ने छ । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भारत संगै निजि क्षेत्रले पिपिए गरे राम्रो हुने बताएका थिए । यस संगै सरकारले अनुमति दिएपछि आयोजनाहरुलाई सोझै भारतसँग पिपिए गर्ने बाटो खुल्ने छ । हाल प्राधिकरणले आरओआर प्रकृतिका आयोजनाहरुको पिपिए नै बन्द गरेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको लगानीमा नेपेक्स स्थापना भएको हो । नेपालबाट  भारतले १५ हजार मेगावाट र बंगलादेशले १० हजार मेगावाट विद्युत खरीद गर्ने इच्छा जनाईसकेका छन् ।  विद्युत बिक्रिका लागि हाल भईरहेका प्रसारण लाइन व्हिलिङ चार्च दिएर प्रयोग गर्ने र सरकारले अनुमति दिएमा आफै प्रसारण लाइन बनाउने योजना पनि नेपेक्सको छ । नेप्सेक्सले भारतलाई विद्युत बिक्रि थालेमा विद्युत ब्यापारमा पहिलो पटक निजि क्षेत्र प्रवेश भई नेपाल विद्युतप्राधिकरणको एकाधिकार तोडिने छ ।

चीन-भुटानले सीमा वार्ता अघि बढाउने सम्झौता गरेपछि भारत सशंकित

चीनसँग सो सम्झौता गर्नुअघि भुटानले भारतलाई यसबारे कुनै जानकारी दिएको थियो वा थिएन भन्ने चासोका साथ हेरिएको छ।

चीन र भुटानबीच सम्झौता भएपछि भारतलाई सताइरहेछ यो पीरले

चीन र भुटानबीच बिहीवार सीमाविवाद समाधान गर्नका लागि तीन पाइलाको गुरुयोजनाको समझदारीमा हस्ताक्षर भएपछि भारत चिन्तामा परेको छ ।  चिनियाँ सञ्चारमाध्यमले यसलाई ठूलो सफलताका रूपमा प्रस्तुत गरिरहेका छन् ।  भुटान र चीनले भिडियो कन्फरेन्समार्फत समझदारीमा हस्ताक्षर गरेका थिए ।  चीनका परराष्ट्र राज्यमन्त्री वू जाङखाओले सीमा निर्धारणका विषयमा भएको कुराकानीलाई गति तथा दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापित गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा अर्थ्याए ।  भुटान र चीनबीच ४०० किलोमिटरभन्दा बढीको सीमा छ । ...

अस्ट्रेलियाले धोका दिएपछि भारतलाई आणविक पनडुब्बी बेच्दै फ्रान्स ?

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच ४० अर्ब डलर बराबरको पनडुब्बी सम्झौता रद्द गरिएपछि रिसाएका फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेका छन् ।  फ्रान्सले अस्ट्रेलियासँग पनडुब्बी निर्माणको सम्झौता गरेको भए पनि अस्ट्रेलियाले अन्तिम समयमा आएर धोका दिएको थियो ।  मोदी र म्याक्रोंको संयुक्त बयानमा उल्लेख गरिएअनुसार, हिन्द प्रशान्त क्षेत्रमा भारत र फ्रान्सबीच सहयोगको कुराकानी भएको छ ।  विश्लेषकहरूले अकिस सम्झौताका कारण फ्रान्सले अत्याधुनिक आणविक पनडुब्बी बनाउन सहायता गर्न...