निजि क्षेत्रबाट भारतलाई ५०० मेगावाट विद्युत बिक्रि गर्ने सम्झौता, प्राधिकरणको एकाधिकार तोडिने

नेपालको निजि क्षेत्रबाट नै भारतलाई तत्काल ५ सय मेगावाट विद्युत बिक्रि गर्नको लागि सम्झौता भएको छ । सोमबार आयोजित पावर मार्केट सम्मिटमा उर्जामन्त्री पम्फा भुषालको उपस्थितिमा नेपालको नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेप्सेक्स) र भारतको मनिकरण पावर लिमिटेडबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेप्पेक्सको तर्फबाट प्रबन्ध निर्देशक आशिष गर्ग र मनिकरणको तर्फबाट नवाजित नवजित कल्सीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपेक्सले मनिकरणलाई तत्काल ५०० मेगावाट विद्युत बिक्रि गर्ने छ । त्यस्तै मनिकरणले नेप्सेक्समा १५ प्रतिशत शेयर लगानी पनि गर्ने छ । हाल नेप्सेक्सको अधिकृत पूँजी दुई अर्ब, र चुक्ता पूँजी २० करोड रुपैयाँ छ ।त्यस्तै भविष्यमा थप विद्युत ब्यापारको सम्भावना अध्ययन गर्ने , नेप्सेक्सको क्षमता अभिवृद्धि गर्ने लगायतका कार्य मनिकरणले गर्ने छ ।बर्खामा खेर गएको बिजुलीलाई बिक्रि गर्ने गरि सम्झौता भएको हो । सोहि कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको बर्खामा दैनिक ५ सय देखि ७ सय मेगावाटसम्म बिजुली खेर गएको बताएका थिए । झन्डै ४ महिनासम्म दैनिक ५० करोड युनिट विजुली खेर गएको र प्रति युनिट ५ रुपैयाँको दरले हिसाब गर्दा पनि ५ अर्बको बिजुली खेर गएको उनको भनाई थियो।वर्खामा खेर जाने विद्युतलाई नेपेक्सले मनिकरणलाई बिक्रि गर्ने भएको हो । हालसम्म सरकारले निजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिएको छैन । यद्यपि उर्जा मन्त्री पम्फा भुषालले लाईसेन्स दिन सकारात्मक रहेको बताएकी छैन । लाईसेन्स पाएपछि मात्र नेप्सेक्सले विद्युत विक्री गर्न सक्ने छ । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भारत संगै निजि क्षेत्रले पिपिए गरे राम्रो हुने बताएका थिए । यस संगै सरकारले अनुमति दिएपछि आयोजनाहरुलाई सोझै भारतसँग पिपिए गर्ने बाटो खुल्ने छ । हाल प्राधिकरणले आरओआर प्रकृतिका आयोजनाहरुको पिपिए नै बन्द गरेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको लगानीमा नेपेक्स स्थापना भएको हो । नेपालबाट भारतले १५ हजार मेगावाट र बंगलादेशले १० हजार मेगावाट विद्युत खरीद गर्ने इच्छा जनाईसकेका छन् । विद्युत बिक्रिका लागि हाल भईरहेका प्रसारण लाइन व्हिलिङ चार्च दिएर प्रयोग गर्ने र सरकारले अनुमति दिएमा आफै प्रसारण लाइन बनाउने योजना पनि नेपेक्सको छ । नेप्सेक्सले भारतलाई विद्युत बिक्रि थालेमा विद्युत ब्यापारमा पहिलो पटक निजि क्षेत्र प्रवेश भई नेपाल विद्युतप्राधिकरणको एकाधिकार तोडिने छ ।

सम्बन्धित सामग्री

ताप्लेजुङमा पाठ्य पुस्तक बिक्रि वितरण सुरु

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि सरकारी विद्यालयका पाठ्य पुस्तक बिक्रि वितरण गर्न थालिएको छ । यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयहरुलाई पाठ्यपुस्तक बिक्रि गर्न थालेका हुन् । लामो समयदेखि यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले पुस्तक खरिद गरेर बिक्रि वितरण गर्दै आएका छन् । विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि पाठ्य […]

६३ हजार डलरमा बिक्रि भयो पूरानो मोडलको आईफोन

पहिलो पुस्ताको आईफोन ६३,३५६ डलरमा लिलामीमा बिक्रि भएको छ । जुन यसको मूल मूल्यभन्दा १०० गुणा बढी हो । अझै पनि यसको बक्समा नै रहेको सन् २००७ को आइफोन लिलामीमा बेचिएको थियो । ५० हजार डलरमा बिक्रि हुने अपेक्षा गरिएकोमा त्योभन्दा १३ हजार डलरभन्दा बढी मूल्य पाएको छ । २,५०० डलरबाट बिडिङ सुरु भएको थियो […]

सान्जेन जलविद्युत कम्पनीको आईपिओ बिक्रि खुला

काठमाडौं, भदौ ५ । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आजदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं ५ चिलिमे, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट […]

राप्ती हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

काठमाडौं, जेठ २४ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले यी जिल्लाका स्थानीयलाई ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख […]

बैंक अफ काठमाण्डूको बिक्रि प्रबन्धमा एनआईबिएल एस क्यापिटल

काठमाडौं, ३ चैत्र । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बैंकले ऋणपत्र निष्काशनको लागि क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गर्दै सम्झौता गरेको हो । सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर […]

न्यादी हाइड्रोपावरको १८ लाख कित्ता आईपीओ आजदेखि बिक्रि खुल्ला

काठमाडौं, १ भदौ । न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि १८ लाख कित्ता साधारण शेयर बिक्रि गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १ सय अंकित मुल्यका उक्त कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई बिक्रि गर्न लागेको जनाएको छ । कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा ६,७ र ८ का स्थानिय बासिन्दाहरुका लागि […]

हकप्रद शेयर बिक्रि गर्दै समृद्धि फाइनान्स

काठमाडौं, १८ साउन । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर बिक्रि गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २ः१ को अनुपातमा २७ करोड २९ लाख ७० हजार ५ सय बराबरको २७ लाख २९ हजार ७०५ कित्ता बिक्रि गर्ने भएको हो । कम्पनीले साउन १५ गते नै शेयर निष्कासनको लागि बोर्डमा निवेदन […]

माछापुच्छ्रे बैंकले १० वर्षे अवधिको ८ प्रतिशत ब्याजदरको ऋणपत्र बिक्रि गर्ने

काठमाडौं, २३ असार । माछापुच्छ्रे बैंकले ऋणपत्र बिक्रि गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको असार ३१ गतेदेखि ८.५ प्रतिशत ब्याजदरको ३ अर्बको ३० लाख कित्ता ऋणपत्र बिक्रि गर्न लागेको हो । बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेञ्चर २०८७’ नामको ऋणपत्र जारी गर्न लागेको हो । कुल ऋणपत्र मध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट संघसंस्थालाई […]