चीन र भुटानबीच बिहीवार सीमाविवाद समाधान गर्नका लागि तीन पाइलाको गुरुयोजनाको समझदारीमा हस्ताक्षर भएपछि भारत चिन्तामा परेको छ ।
चिनियाँ सञ्चारमाध्यमले यसलाई ठूलो सफलताका रूपमा प्रस्तुत गरिरहेका छन् ।
भुटान र चीनले भिडियो कन्फरेन्समार्फत समझदारीमा हस्ताक्षर गरेका थिए ।
चीनका परराष्ट्र राज्यमन्त्री वू जाङखाओले सीमा निर्धारणका विषयमा भएको कुराकानीलाई गति तथा दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापित गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा अर्थ्याए ।
भुटान र चीनबीच ४०० किलोमिटरभन्दा बढीको सीमा छ । ...