काठमाडौँ : पेशागत महासंघ नेपालले भारतलाई नेपाली भूमि समेटिएको नक्सा राखेको सम्बन्धमा कूटनीतिक नोट पठाई ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको छ।भारत सरकारले आफ्नो नयाँ संसद् भवनमा नेपालको भूमि समेटिएको नक्सा राखेकोप्रति आपत्ति जनाउँदै कूटनीतिक नोट पठाई ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको हो। साथै महासंघले विगतमा भएका असमान सन्धि सम्झौता खारेज गर्न र प्राकृतिक स्रोत साधनसम्बन्धी सन्धि सम्झौता नेपालको हितअनुरूप लागू गर्न सरकारसँग माग गरेको छ।आइतवार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल