दुई हजार भत्ता पक्का गरेर सांसद हिँडेपछि कोरम नपुगेर एकै दिन दुईपटक संसद् स्थगित
आइतबार १८८ सांसदले हाजिर गरेका थिए, तर विधेयक निर्णयार्थ प्रस्तुत गर्न खोज्दा ६७ मात्रै उपस्थित, कोरम नै नपुगेपछि १५ मिनेट बैठक स्थगित गरेर वरिपरि रहेका चार सांसद खोजेर विधेयक पास...
पर्वत : कास्कीको निर्वाचन क्षेत्र नं २ ‘ख’ बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित बिन्दुकुमार थापाले प्रदेश सभा सदस्यका रूपमा प्राप्त गरेको सबै रकम सामाजिक सेवामा खर्चिएका छन्।दोस्रोपटक पनि प्रदेशसभा सदस्य बनेका थापाले प्रदेशसभा सचिवालयबाट २०७९ साल पौष २५ गतेदेखि हालसम्म एक वर्षको अवधिमा प्रदेशसभाका विभिन्न बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सुविधासमेत गरी प्राप्त भएको रकम सर्वसाधारणका लागि वितरण गरेका हुन्।प्रदेशसभा सदस्यको रूपमा आफ्नो खातामा आठ लाख ९६ हजार एक सय ६० रुपैयाँ जम्म
नेपालगञ्ज – सांसद डा. धवलशमशेर राणाले याेग समितिलाई ५० हजार रकम सहयाेग गरेका छन्। राज्यकाे तलब सुविधा नलिने घाेषणा गरेका डा. राणाले बुधबार नेपालगञ्जमा याेगगुरु गिरिराज भट्टराईलाई ५० हजार हस्तान्तरण गरेका हुन्। डा. राणाले जनप्रतिनिधी हुँदा पाउने तलब भत्ता पीडित व्यक्ति, सामाजिक संघ संस्थालाई दिँदै आएका छन्। डा. राणाले केही दिनअघि विश्व हिन्दू परिषदलाई ५० […]
१४ पुस, विराटनगर । प्रदेश १ प्रदेश सभाको पहिलो कार्यकालमा एक अर्ब २ करोड ७० लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ । पाँच वर्षको अवधीमा सांसद ,कर्मचारीको तलब भत्ता र भवन निर्माण, सवारी खरिद, मर्मत सम्भारलगायत शीर्षकमा एक अर्ब २ करोड ७० लाख ३४ हजार ८०६ रुपैयाँ खर्च भएको हो । प्रदेश सभा सचिवालयको […]
संघीय संसदको ५ बर्षको कार्यकालमा ४ अर्ब ५७ करोड ३२ लाख ४० हजार १ सय १२ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७८/०७९ मा संसदका पदाधिकारी, सांसद, स्वकीय सचिव, कर्मचारी, बैठक भत्ता, सवारी साधन मर्मत, घर भाडा लगायत विभिन्न शीर्षकमा सो रकम खर्च भएको हो । संसदका पदाधिकारी, सांसद, स्वकीय सचिव, कर्मचारी, बैठक भत्ता, पदाधिकारी अन्य सुविधा, पदाधिकारी अन्य भत्ता, महँगी भत्ता लगायतमा मात्रै कूल २ अर्ब ३ करोड २९ लाख ६२ हजार १ सय ९२ रुपैयाँ खर्च भएको छ । संघीय संसद सचिवालयका
काठमाडौं : सरकारले वृद्धभत्ता ५ हजार नपुर्याएकाेप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रश्न उठाएको छ। बजेटमाथि छलफलको क्रममा प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद बिष्णु पौडेलले बजेट वितरणमुखी भएको आरोप लगाएका हुन्। उनले भने, ‘बजेट वितरणमुखी छ। यतिधेरै वितरणमुखी बजेट ल्याउन सक्ने अवस्था भए सामाजिक सुरक्षा भत्ता ५ हजार किन नपुर्याएकाे?’ उनले गत निर्वाचनमा एमाले र माओवादी केन्द्रको चुनावी घोषणापत्रमा वृद्धभत्ता ५ हजार पुर्याउने भएपनि अह
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले सरकारले बजेटमार्फत सामाजिक सुरक्षा भत्ता ४ हजारबाट पाँच हजार किन नबनाएको भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथि सुरु भएको सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले बजेटमा १५ प्रतिशत तलब वृद्धि गरिएको ठिकै भए पनि यो तलब वृद्धिले न्यून तलब हुनेहरूलाई त्यसले न्याय गर्छ भन्दै प्रश्न समेत गरे । सरकारले ल्याएको बजेटलाई वितरणमुखी बजेटको संज्ञा दिँदै पौडेलले कार्यक्रम पनि वितरणमुखी भएको टिप्पणी
हेटौंडा : बागमती प्रदेशको सांसद तथा मन्त्रीहरुका लागि दशैं भत्ता बापत ५१ लाख १९ हजार ८० रुपैयाँ वितरण गरिएको छ।संघीय सरकारले कोरोनाको कारण खर्च कटौती गर्दै संघीय सांसदहरूलाई दशैं भत्ता वितरण नगरे पनि बागमती प्रदेश सरकारले भने प्रदेशको मन्त्रीसहितको १०९ सांसदलाई दशैं भत्ता वितरण गरेको हो। प्रदेशसभा सचिवालयले प्रदेशसभाको पदाधिकारी र सदस्यहरूलाई उक्त रकम उपलब्ध गराएको जनाएको छ।अघिल्लो वर्षको दशैंमा सांसद र स्वकीय सचिवलाई ८२ लाख ५० हजार ७९० रुपैयाँ वितरण गरेको प्रदेश सरकारले यस वर्ष भने स्वकीय सचिवह
काठमाडौं । सांसद उमा रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकलाई ढाँटेको आरोप लगाएकी छन् । उनले घरी रेल ल्याइदिने त कहिले रोजगारी दिने भन्दै प्रधानमन्त्रीले नेपाली जनतालाई ढाँट्ने गरेको भन्दै जेष्ठ नागरिकलाई पनि त्यसै गरिरहेको आरोप लगाइन् । ओलीले जेष्ठ नागरिकलाई भत्ता बढाउने भन्दै आएपनि ५ हजार पुर्याएको भन्दै अहिलेको बजेटबाट पनि नदिएर ढाँट्न सक्ने भन्दै उनीहरुलाई दिएको आश्वासन पुरा गर्न सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा आग्रह गरिन् । यस्तै सांसद अनिल