गण्डकीका सांसद थापा : जसले एक वर्षको भत्ता र सुविधा सामाजिक कार्यमा खर्चे

पर्वत : कास्कीको निर्वाचन क्षेत्र नं २ ‘ख’ बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित बिन्दुकुमार थापाले प्रदेश सभा सदस्यका रूपमा प्राप्त गरेको सबै रकम सामाजिक सेवामा खर्चिएका छन्।दोस्रोपटक पनि प्रदेशसभा सदस्य बनेका थापाले प्रदेशसभा सचिवालयबाट २०७९ साल पौष २५ गतेदेखि हालसम्म एक वर्षको अवधिमा प्रदेशसभाका विभिन्न बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सुविधासमेत गरी प्राप्त भएको रकम सर्वसाधारणका लागि वितरण गरेका हुन्।प्रदेशसभा सदस्यको रूपमा आफ्नो खातामा आठ लाख ९६ हजार एक सय ६० रुपैयाँ जम्म