काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले सरकारले बजेटमार्फत सामाजिक सुरक्षा भत्ता ४ हजारबाट पाँच हजार किन नबनाएको भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथि सुरु भएको सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले बजेटमा १५ प्रतिशत तलब वृद्धि गरिएको ठिकै भए पनि यो तलब वृद्धिले न्यून तलब हुनेहरूलाई त्यसले न्याय गर्छ भन्दै प्रश्न समेत गरे । सरकारले ल्याएको बजेटलाई वितरणमुखी बजेटको संज्ञा दिँदै पौडेलले कार्यक्रम पनि वितरणमुखी भएको टिप्पणी