जयशंकर आउँदा १० हजार मेगावाट विद्युत् व्यापार समझदारी

नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् लैजाने सहमतिका लागि गृहकार्य भइरहेको छ । अर्को महिना हुने भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका दौरान उक्त विद्युत् व्यापारबारे दुई मुलुकबीच सहमति हुने भएको हो । परराष्ट्र स्रोतका अनुसार विदेशमन्त्री जयशंकर ‘सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक’ मा सहभागी हुन दुईदिने भ्रमणमा पुस १९ मा नेपाल आउँदै छन् ।

सम्बन्धित सामग्री

विद्युत् निर्यातको बाटो खुल्यो, उत्पादनमा राज्यकै अवरोध

१० हजार मेगावाट निर्यातको सपना देख्ने अनि १० मेगावाटका आयोजनाको पीपीए मात्रै खोल्ने अचम्म तरक्की विद्युत् प्राधिकरणले गरेको छ ।

कान्तिपुर एक्सप्लेनर: सम्भव छ १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात ?

नेपालले विद्युत् उत्पादनको ११२ वर्षे लामो इतिहास बोके पनि पछिल्ला वर्षमा मात्रै उत्पादनले गति लिन थालेको छ । नेपाल सरकारले भारतसँग हालै गरेको दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुसार १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने भनिएको छ । तर, के सम्झौताअनुसार विद्युत् उत्पादन र निर्यात सम्भव छ त ?

नेपालको ऊर्जा विकासमा नयाँ उपलब्धि

नेपाल सरकारले दक्षिणी छिमेकी राष्ट्र भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरेर मुलुकको समृद्धिका लागि सुनौलो ढोका खुलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत जेठ महिनामा सम्पन्न भारत भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट भारतले १० हजार मेगावाट बिजुली खरिद गर्ने घोषणा गरेका थिए । सो घोषणालाई मूर्तरूप प्रदान गर्ने काम […] The post नेपालको ऊर्जा विकासमा नयाँ उपलब्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विद्युत् व्यापार सम्झौताले जगाएको आशा

भारतका विदेशमन्त्री एस जयशंकरको दुईदिने नेपाल भ्रमणबीच १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतले खरिद गर्ने सम्झौता हुनुलाई आर्थिक क्षेत्रको छलाङ नभनिरहन सकिँदैन । यसअघि २८ वटा सरकारले शासनसत्ता सम्हाले पनि ठूला जलविद्युत् आयोजनाको परिकल्पना गरेका थिएनन् ।

१० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौतामा हस्ताक्षर हुँदै

काठमाडौं। नेपाल–भारतबीच आज (बिहीवार) दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुँदै छ । उक्त सम्झौताले नेपालका लागि दीर्घकालीन विद्युत् व्यापारको ढोका खोल्ने अपेक्षा छ । जयशंकर र उनका नेपाली समकक्षी एनपी साउदको उपस्थितिमा नेपाल सरकारका ऊर्जासचिव गोपालप्रसाद सिग्देल र उनका भारतीय समकक्षी पंकज अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गर्ने छन् । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै नेपालका लागि दीर्घकालीन विद्युत् व्यापारको ढोका खुल्ने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहले आर्थिक अभियानलाई बताए । उनका अनुसार सम्झौताअनुसार भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने भएकाले नेपालको ऊर्जाक्षेत्रका लागि यो कोसेढुंगा साबित हुनेछ । ‘दीर्घकालमा अन्य मुलुकमा विद्युत् निर्यातको बाटो खुल्ने सम्भावना पनि हुनेछ । यही सम्झौताका आधारमा दुवै देशका विद्युत् उत्पादन तथा व्यापार कम्पनीहरूले मध्यकालीन तथा दीर्घकालीन विद्युत् खरीदविक्री सम्झौतासमेत गर्न सक्नेछन्,’ उनले भने । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा १८ जेठमा दुई देशबीच दीर्घकालीन विद्युत् व्यापारको समझदारीपत्रमा हस्ताक्षर भएको थियो । गत भदौ १९ मा भारतीय मन्त्रिपरिषद्ले उक्त सम्झौता अनुमोदन गरेको थियो ।   नेपालका लागि दीर्घकालीन विद्युत् व्यापारको ढोका खुल्ने  तीनओटा अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन पनि आजै ठूलो मात्रामा नेपालको विद्युत् निर्यातको ढोका खुलेपछि हाल निर्माणाधीन अवस्थामा रहेका आयोजनाबाहेक अन्य ठूला आयोजना निर्माणका लागि पनि निजीक्षेत्र उत्साहित हुने विश्वास लिइएको छ । हाल नेपालले भारतमा ६ सय ५७ मेगावाट विद्युत् विक्री गर्ने अनुमति पाएको छ । वर्षात्मा ४ सय ५२ मेगावाटभन्दा बढी बिजुली बेच्न नसकेर खेर गइरहेको अवस्था छ । बिहीवार नै १३२ केभीएका तीनओटा अन्तरदेशीय प्रसारण लाइनको समेत संयुक्त उद्घाटन गर्ने कार्यक्रम रहेको सहसचिव सिंहले जानकारी दिए । उनका अनुसार भारतको विहारसँग जोडिने कटैया–कुशाहा तथा रक्सौल–परवानीपुर र उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइन उद्घाटन हुनेछ ।

चीनसंग प्रसारण लाइन सम्झौतापछि भारतद्वारा विद्युत व्यापार सम्झौता गर्न आनाकानी

भारतले नेपालबाट १० हजार मेगावाट विद्युत खरीद गर्ने गरी भएको सहमति विपरीत अहिले आएर सम्झौतामा हस्ताक्षर गर्न भारतको आनाकानी गरिरहेको छ । नेपालले विद्युत् व्यापारका लागि भारतपछि चीनतिर पनि पाइला अघि बढाएसँगै भारतले कूटनीतिक प्रतिक्रियाका रुपमा दीर्घकालीन विद्युत् व्यापार सम्झौतालाई रोकेको हुनसक्ने ऊर्जाका अधिकारी अनुमान गरेका छन् । भारतले सम्झौतामा हस्ताक्षर गर्न आनाकानी गर्नुको कारण …

१० हजार मेगावाट बिजुली किन्ने सम्झौतामा हस्ताक्षर गर्न भारतको आनाकानी

१० मंसिर, काठमाडौं । ७ मंसिरमा मन्त्रिपरिषद् बैठकले ऊर्जा सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गर्‍यो, ९ पुसमा अनिवार्य अवकाशमा जानु एक महिनाअघि राजीनामा दिएका घिमिरे भारतसँगको दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षरका लागि नेपाल सरकारको अख्तियारी पाएका अधिकारी थिए । उनको राजीनामा स्वीकृत भएपछि अब यस्तो अख्तियारी सरकारले अर्को अधिकारीलाई दिनुपर्नेछ । तर प्रश्न छ, भारतले […]

‘ऊर्जा व्यापारमा ब्रेक थ्रु भयो’

१८ जेठ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । बिहीबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै यो सम्झौता अनुसार १० वर्षमा भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने लक्ष्य राखेको बताए । दुई देशबीच तल्लो अरुण र फुकोट कर्णाली […]