नेपाल–भारत संयुक्त आयोगको बैठक: नेपाल-भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता आज

प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणमा भएको समझदारीअनुसार नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने भएको छ । बिहीबार काठमाडौंमा हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सम्झौताको तयारी भएको हो । सम्झौतासँगै १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातको बाटो खुल्नेछ ।