मेरो लघुवित्तले विस्तार गर्‍यो नयाँ ९ शाखा

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ वटा नयाँ शाखा विस्तार गरेको छ।

सम्बन्धित सामग्री

साना किसान विकास लघुवित्तले संशोधन गर्‍यो लाभांश

काठमाडौं । साना किसान विकास लघुवित्तले प्रस्तावित लाभांश संशोधन गरेको छ । यसअघि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले संशोधन गरी १५ प्रतिशतमा सीमित गरेको हो । यसअघि मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गरेकोमा नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम कम्पनीले लाभांश संशोधन गरेको हो । मङ्सिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि मात्र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । संशोधित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । यस वर्ष कम्पनीले गत वर्षको भन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

आदर्श लघुवित्तले गर्‍यो शेयर कारोबार रोक्का गरिदिन नेप्सेसमक्ष अनुरोध

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रयोजनका लागि शेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई अनुरोध गरेको छ । कम्पनीले नेप्सेलाई पत्र पठाउँदै असार १ गतेदेखि १५ कार्यदिनसम्म शेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेको हो । मर्जरसम्बन्धी निर्देशिकाबमोजिम मर्जरमा गएका कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ दिनसम्मका लागि शेयर कारोबार रोक्का राख्न पाइने व्यवस्था छ । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गरी आउँदो असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्दै छ । डिप्रोक्सले आदर्शलाई १ः१ शेयर स्वाप रेसियोमा गाभेको हो । आदर्श लघुवित्तलाई गाभेपछि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू हुनेछ ।

फस्ट माइक्रो फाइनान्स लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?

फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । लघुवित्तले आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको प्रस्तावअनुसार १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांश वितरण गर्ने भएको हो । १९ प्रतिशतले हुन आउने १८ करोड ३२ लाख ५३ हजार रूपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ ।यस्तै, १ प्रतिशत हुन आउने ९६ लाख ४४ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सञ्चालक समितिल

स्वाभिमान लघुवित्तले परिवर्तन गर्‍यो वेबसाइट

जेठ १६, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको वेबसाइट परिवर्तन भएको छ । कम्पनीको यसअघि सञ्चालनमा रहेको आधिकारिक वेबसाइटwww.swabhimaanmicrofinance.com लाई परिवर्तन गरी नयाँ आधारिक वेबसाइट www.swabhimanlagubitta.com.np सञ्चालनमा ल्याएको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।

नयाँ सारथी लघुवित्तले घोषणा गर्‍यो लाभांश

फागुन ११, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश घोषणा गरेको छ ।  कम्पनीको फागुन १० गते (मंगलवार) बसेको सञ्चालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १९ प्रतिशत बोनस शेयर र २०७७ असोज ५ गतेपछि कायम शेयरधनीलाई बोनसमा कर लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर भने २०७७ साल असोज ५ गतेपछि शेयर खरीद गर्ने शेयरधनीहरुको लागि मात्र लागू हुनेछ । साविक सारथी लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रकृया सम्पन्न गरी  नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट २०७७ साल असोज ५ गतेदेखि एकीकृत कारोबार शुरु गरेका थिए ।  एकीकृत कारोबारपछि कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको बोनस शेयरका लागि कर तिर्नु पर्नेछ । त्यस अघिसम्म कायम शेयरधनीहरुले भने कर छूट पाउनेछन् ।  प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

मिथिला लघुवित्तले गर्‍यो २६.३१ % लाभांश घोषणा

मंसिर २६, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको गत मंसिर २४ बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनश शेयर तथा सोको कर प्रयोजनको लागि १ दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् । यो पनि हेर्नुस् : पहिलो त्रैमासमा मिथिला लघुवित्तले कमायो करीब २ करोड नाफा ५३ लाख ९२ हजार खराब कर्जा उठाएको मिथिला लघुवित्तको नाफा १३८ % ले वृद्धि खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै मिथिला लघुवित्तको नाफा २३३% बढ्यो मिथिला लघुवित्तले घोषणा गर्‍यो लाभांश प्रस्ताव

छिमेक लघुवित्तले घोषणा गर्‍यो ३० % लाभांश

मंसिर २, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको मंसिर १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रसताव गरेको हो । प्रस्तावित यो लाभांश  नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यो पनि हेर्नुस् : छिमेक लघुवित्तले कमायो २१ करोडभन्दा बढी नाफा छिमेक लघुवित्तको खुद नाफा १ अर्बभन्दा बढी, ५७ करोड खराब कर्जा संकलन तेस्रो त्रैमासमा छिमेक लघुवित्तको खुद नाफा रू. ९५ करोड ५९ लाखभन्दा बढी

सूर्योदय लघुवित्तले प्रस्ताव गर्‍यो २० % लाभांश

कात्तिक २५, काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २५ गते बिहीवार बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।  वोमी  लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभिने सम्झौता भएको छ । मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेको छ  । यो पनि हेर्नुस् : सूर्योदय लघुवित्तले गर्‍यो १६.१६ % लाभांश प्रस्ताव

गणपति लघुवित्तले घोषणा गर्‍यो २०% लाभांश

कात्तिक ११, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १२ करोड ७३ लाख ५६ हजारको आधारभा १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

नेरुडे लघुवित्तले घोषणा गर्‍यो २२.६१ %  लाभांश

असोज २५, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट कुल २२ दशमलव ६१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २१ दशमलव ४९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ६२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रु.४९ करोड ३८ लाख ७७ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।