नयाँ सारथी लघुवित्तले घोषणा गर्‍यो लाभांश

फागुन ११, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश घोषणा गरेको छ ।  कम्पनीको फागुन १० गते (मंगलवार) बसेको सञ्चालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १९ प्रतिशत बोनस शेयर र २०७७ असोज ५ गतेपछि कायम शेयरधनीलाई बोनसमा कर लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर भने २०७७ साल असोज ५ गतेपछि शेयर खरीद गर्ने शेयरधनीहरुको लागि मात्र लागू हुनेछ । साविक सारथी लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रकृया सम्पन्न गरी  नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट २०७७ साल असोज ५ गतेदेखि एकीकृत कारोबार शुरु गरेका थिए ।  एकीकृत कारोबारपछि कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको बोनस शेयरका लागि कर तिर्नु पर्नेछ । त्यस अघिसम्म कायम शेयरधनीहरुले भने कर छूट पाउनेछन् ।  प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

सम्बन्धित सामग्री

नेप्सेमा सूचीकृत ६० मध्ये ४५ लघुवित्तले गरे लाभांश घोषणा

काठमाडौं । नेप्सेमा सूचीकृत ४५ लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । नेप्सेमा जम्मा ६० लघुवित्त कम्पनी सूचीकृत छन् । अधिकांश लघुवित्त कम्पनीहरूले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् भने केहीको बाँकी छ । यी कम्पनीहरूमध्ये सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै दोस्रोमा उपकार लघुवित्त वित्तीय संस्थाले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्र्ने प्रस्ताव गरेको हो । यस कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेको छ ।  ४५ कम्पनीहरूमध्ये एनआईसी एशिया लघुवित्तले नगद लाभांशमात्रै वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै गुराँस लघुवित्तले सबैभन्दा कम ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  सबैको लघुवित्त, लक्ष्मी लघुवित्त, सिभिल लघुवित्त, आदर्श लघुवित्त, डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त, स्वाभिमान लघुवित्त, आशा लघुवित्त, स्वरोजगार लघुवित्त जनउत्थान सामुदायिक लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले घोषित लाभांशबारे निर्णय गर्न साधारण सभाको मिति तय गरिसकेका छन् ।  त्यस्तै एनआईसी एशिया लघुवित्त, किसान लघुवित्त, सामुदायिक लघुवित्त, समता घरेलु, विजय लघुवित्त, सूर्योदय वोमी लघुवित्त, नेशनल माइक्रोफाइनान्स लघुवित्त, सामुदायिक लघुवित्त र जीवन विकास लघुवित्तले साधारण सभाको मिति तय गर्न बाँकी छ भने अन्य कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् ।  तीन लघुवित्तको लाभांश संशोधन लाभांश घोषणा गरेका लघुवित्तहरूमध्ये तीन कम्पनीको लाभांश संशोधन भएको छ । नेसनल माइक्रोफाइनान्स लघुवित्त, जीवन विकास लघुवित्त र आशा लघुवित्तको लाभांश संशोधन भएको हो । नेशनल माइक्रोफाइनान्स लघुवित्तले यसअघि ३८ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशनपछि संशोधन गरेको हो । यस्तै आशा लघुवित्तले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकले लाभांश घटाएर स्वीकृति दिएको छ । यस्तै जीवन विकास लघुवित्तको लाभांश पनि संशोधन भएको छ । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९ दशमलव ३६ प्रतिशत नगद लाभांश गरी कुल ३७ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  लाभांश रद्द  नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश रद्द भएको छ । डिप्रोक्स लघुवित्तसँगको मर्जर तोडिएपछि कुनै अर्को वित्तीय संस्थासँग मर्जरमा नगएसम्म कम्पनीलाई लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर शून्य दशमलव ५२ प्रतिशत नगद गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । संशोधनपछिको लाभांश यस्तो छ  कम्पनीको नाम   २०७८÷७९ को लाभांश ( प्रतिशत)     कुल लाभांश – प्रतिशत)    बोनस शेयर  नगद लाभांश    जाल्पा सामुदायिक लघुवित्त 73 3.8421 76.84 उपकार लघुवित्त 61.75 3.25 65 महिला लघुवित्त 47.5 2.5 50 नेशनल माइक्रोफाइनान्स लघुवित्त  34.45   34.45 जीवन विकास लघुवित्त 26 7.15 33.15 सिवाईसी नेपाल लघुवित्त 30 1.58 31.58 आँधिखोला लघुवित्त 30 1.58 31.58 फरवार्ड लघुवित्त 25 5 30 आरएमडिसी लघुवित्त 26 1.3684 27.37 साना किसान लघुवित्त 26 1.3684 27.37 छिमेक लघुवित्त 22 3.26 25.26 महुली लघुवित्त 20 5 25 नेरुडे लघुवित्त 22 1.1579 23.16 स्वरोेजगार लघुवित्त 22 1.1579 23.16 मिर्मिरे लघुवित्त 23   23 स्वाभिमान लघुवित्त 20 1.0526 21.05 विजय लघुवित्त 20 1.0526 21.05 सामुदायिक लघुवित्त 10 11.0526 21.05 डिप्रोक्स लघुवित्त 10 11.0526 21.05 आदर्श लघुवित्त 20 1.05 21.05 स्वावलम्बन लघुवित्त 15 6.05 21.05 इन्फिनिटी लघुवित्त 20   20 फस्र्ट माइक्रोफाइनान्स लघुवित्त 19 1 20 साधना लघुवित्त 19 1 20 निर्धन उत्थान लघुवित्त 19 1 20 नयाँ सारथी लघुवित्त 19 1 20 कालिका लघुवित्त 19 1 20 लक्ष्मी लघुवित्त 15 5 20 ग्लोबल आइएमई लघुवित्त 12 8 20 मेरो माइक्रोफाइनान्स लघुवित्त 10 10 20 सबैको लघुवित्त 18 0.95 18.95 समता घरेलु लघुवित्त 15 3 18 मिथिला लघुवित्त 15 0.7895 15.79 जनउत्थान सामुदायिक लघुवित्त 15 0.7895 15.79 सूर्योदय वोमी लघुवित्त 15   15  आशा लघु्वित्त 14.2857 0.7143 15 एनआईसी एशिया लघुवित्त   14.75 14.75 समीट लघुवित्त 13.5628 0.7138 14.28 सिभिल लघुवित्त 11 0.58 11.58 सपोर्ट लघुवित्त 11 0.5789 11.58 आरएसडिसी लघुवित्त 8 3 11 एनएमबि लघुवित्त 10 0.5263 10.53 किसान लघुवित्त  7 0.3684 7.37 मनकामना स्मार्ट लघुवित्त 4.75 0.25 5 गुराँस लघुवित्त  4 0.2105 4.21

नयाँ सारथी लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं, १३ चैत । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले वैशाख १० गतेका लागि वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा गत वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । यस्तै, कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्दैछ । कम्पनीले अंकित मूल्य […]

एफपीओ तथा लाभांश पारित गर्न नयाँ सारथी लघुवित्तले बोलायो साधारण सभा

चैत १३, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले आगामी वैशाख १० गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय काभ्रेको धुलिखेलमाा अपरान्ह ३ बजे शुरु हुने छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २३ गतेदेखि २०७९ वैशाख १० गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा चैत २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।   साथै सभाले एफपीओ निष्कासन गर्ने र  कम्पनीले अन्य कुनै वित्तीय संस्थालाई प्राप्ति गर्ने वा प्राप्ति गर्ने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नयाँ सारथी लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् ११ प्रस्ताव

नयाँ सारथी लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख १० गते भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र २०७७ असोज ५ गतेपछि कायम शेयरधनीलाई बोनसमा कर लाग्ने भएको कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २३ देखि बैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  चैत्र २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  यस्ता छन् कम्पनीको सभामा  पेश हुने प्रस्ताव :सामान्य प्रस्ताव: १) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्धारा प्रस्तुत आ.व.२०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष ०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने ।३) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६२ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आ.व.०७८/७९ को  लेखापरीक्षण कार्यको लागि कम्पनी ऐन २०६३ को दफा १६५(घ) वमोजिम लेखापरीक्षण समितिको सिफारिस वमोजिम लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी संचालक समितिको निर्णय अनुमोदन गर्ने । ४) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.ब.२०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १.० प्रतिशतले (बोनस शेयरको कर प्रयोजनको लागि मात्र) हुन आउने रकम रु.२५,४९,५४०।-(अक्षरेपी पचिस लाख उनन्पचास हजार पाचसय चालिस मात्र) नगद लाभांस छुट्याएकोमा उक्त रकमबाट एकिकृत कारोवार प्रारम्भ भएको मिति २०७७ आश्विन ०५ गते पश्चात शेयर खरिद गरेका शेयरधनीहरुको हकमा मात्र कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गर्ने । ५) साविक सारथी लघुवित्त वित्तीय संस्था, सत्यवती लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिई एकिकृत कारोवार हुनु अघिसम्मको वित्तीय विवरण र लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धी संचालक समितिको निर्णय अनुमोदन गर्ने।विशेष प्रस्ताव ख) विशेष प्रस्तावहरु१) संचालक समितिले प्रस्ताब गरे बमोजिम यस वित्तीय संस्थाको आ.ब.२०७७/७८ सम्मको संचित मुनाफाबाट हालको चुक्ता पूँजी २५,४९,५४,०००।-(अक्षरेपी पचिस करोड उनन्पचास लाख चौवन्न हजार मात्र) को १९% (उन्नाईस प्रतिशत) ले हुन आउने रकम रु.४,८४,४१,२६०।- (अक्षरेपी चार करोड चौरासी लाख एकचालिस हजार दुईसय साठी मात्र) बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताब स्वीकृत गर्ने।२) सर्वसाधारणको लागि छुट्याएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (Further Public Issue) गर्ने र सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने सम्बन्धमा ।३) थप सार्वजनिक निष्काशन (FPO) र बोनस शेयर वित्तरण पश्चात वित्तीय संस्थाको पूँजी बृद्धि हुने भएकोले पूँजी बृद्धि लगायतका विषयमाप्रबन्धपत्र/नियमावलीमा संशोधन गर्ने सम्बन्धमा।४) संचालक समितिको मिति २०७८ साल मंसिर १७ गते बसेको २८औं बैठकले प्रचलित कानून एव्म वित्तीय संस्थाको नियमावलीको अधिनमा रहि स्वतन्त्र संचालक पदमा एक कार्यकालको लागि श्री सृजना शर्मा (गौतम)लाई नियुक्त गरेकोमा सोको जानकारी सम्बन्धमा ।५) वित्तीय संस्थाले अन्य वित्तीय संस्था गाभ्ने/गाभिने, प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनको लागि आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने ।६) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संसोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाब वा निर्देशन दिएमा सोहीअनुरुप आवश्यक संशोधन वा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने सम्बन्धमा ।