कात्तिक २५, काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको कात्तिक २५ गते बिहीवार बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभिने सम्झौता भएको छ । मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेको छ ।
यो पनि हेर्नुस् :
सूर्योदय लघुवित्तले गर्यो १६.१६ % लाभांश प्रस्ताव