काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रयोजनका लागि शेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई अनुरोध गरेको छ ।
कम्पनीले नेप्सेलाई पत्र पठाउँदै असार १ गतेदेखि १५ कार्यदिनसम्म शेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेको हो । मर्जरसम्बन्धी निर्देशिकाबमोजिम मर्जरमा गएका कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ दिनसम्मका लागि शेयर कारोबार रोक्का राख्न पाइने व्यवस्था छ ।
डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गरी आउँदो असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्दै छ । डिप्रोक्सले आदर्शलाई १ः१ शेयर स्वाप रेसियोमा गाभेको हो । आदर्श लघुवित्तलाई गाभेपछि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू हुनेछ ।