मंसिर २, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको मंसिर १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रसताव गरेको हो ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
यो पनि हेर्नुस् :
छिमेक लघुवित्तले कमायो २१ करोडभन्दा बढी नाफा
छिमेक लघुवित्तको खुद नाफा १ अर्बभन्दा बढी, ५७ करोड खराब कर्जा संकलन
तेस्रो त्रैमासमा छिमेक लघुवित्तको खुद नाफा रू. ९५ करोड ५९ लाखभन्दा बढी