मुस्ताङ, पुस २५ । राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको लक्ष्यअनुसार निर्माण हुन सकेको छैन । उत्तर–दक्षिण जोड्ने रणनीतिक सडकका रूपमा रहेको सो आयोजना सुरु भएको पाँच वर्षमा ६५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । सडकको मुस्ताङखण्डमा अपेक्षाअनुसार काम भए पनि म्याग्दीखण्डमा भने सुस्त छ । निर्माण कम्पनीको ढिलासुस्ती र भौगोलिक कठिनाइका कारण म्याग्दीखण्डको निर्माणले गति […]