कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्रे गरिँदै

गलकोट- चालु आर्थिक वर्ष २०७९-८० मा कालोपत्रे सुरु गर्ने गरी कालीगण्डकी करिडोरको बागलुङ खण्ड ठेक्का प्रक्रियामा गएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गुल्मीको हर्मिचौरबाट बागलुङको मालढुङ्गासम्मको ५५ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का आह्वान गरिएको हो । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय, पाल्पाका अनुसार चालु आवमै कालोपत्रे गर्ने गरी हर्मीचौरबाट बलेवा विमानस्थल र […]