म्याग्दी : कोरोना महामारीबीच राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रे सुरु भएको छ। उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटदेखि वडा नम्बर १ बेगखोला जोड्ने सडकमा आइतबारदेखि कालोपत्रे सुरु भएको हो।गत वर्ष नै कालोपत्रे गर्ने तयारी गरिए पनि कोरोना महामारी र लकडउानका कारण रोकिएको काम एक वर्षपछि हुन लागेको हो। सडकको धेरै ठाउँमा बर्खामा कटान र पहिरोले क्षति