दुई वर्षमा पनि खुलेन कालीगण्डकी करिडोर, ढुंगा फोर्नै मुस्किल

पर्वत : दुई वर्षभित्रमा कालोपत्रे समेत गरिसक्ने लक्ष्यका साथ सुरु गरिएको थियो, कालीगण्डकी करिडोर अन्तर्गत फलेवास नगरपालिकाको ढिकदेखि कुश्मा नगरपालिकाको अर्मादीसम्मको खण्ड। तर दुई वर्ष पूरा हुँदा समेत यो भागमा ट्र्याक खुलाउन निकै संघर्ष गरिरहनुपरेको छ। जिल्लाको फलेवास नगरपालिकाको मुडिकुवादेखि कुश्मा नगरपालिकासम्मको विभिन्न भागमा ठाडो भिर त्यसमा पनि कडा चट्टान भएका कारण ट्र्याक खेल्न समेत कठिनाइ भोग्नुपरेको हो। नौ मिटर चाक्लो सडक बनाउने र भारतका धार्मिक पर्यटकलाई मुस्ताङ पुर्‍या

सम्बन्धित सामग्री

कालीगण्डकी करिडोर : सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक

भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम खण्डको चारवटा खण्ड स्तरोन्नतिको काम सुस्ताएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सडक स्तरोन्नतिको काम सात वर्षमा पनि पूरा नभएको हो ।

कालीगण्डकी करिडोर : सात वर्षमा पनि पूरा भएन मालढुङ्गा-बेनी-जोमसोम सडक

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम खण्डको चारवटा खण्ड स्तरोन्नतिको काम सुस्ताएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सडक स्तरोन्नतिको काम सात वर्षमा पनि पूरा नभएको हो । भारतको सिमाना त्रिवेणीबाट चीनको कोरला नाका जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गाबाट जोमसोमसम्मको सडकलाई दुई लेनको […]

कालीगण्डकी र कर्णाली करिडोर बाह्रै महिना, सेती र महाकाली लोकमार्ग प्राथमिकतामा

सरकारले आगामी आर्थिक वर्षमा कालीगण्डकी करिडोर र कर्णाली करिडोरको अधिकांश सडक खण्डलाई बाहै्र महिना चल्नेगरी निर्माण सम्पन्न गर्ने भएको छ।

प्रभावकारी बन्दै ‘दिगो सडक’ कार्यक्रम

बलेवा (बागलुङ) – स्थानीय तह गठनपछि पहिलो कार्यकालको तेस्रो वर्षमा मात्रै जैमिनी नगरपालिका–८ छिस्ती सडक सञ्जालले जोडिएको थियो। अहिले यहाँका अधिकांश बस्तीमा बाह्रै महिना सवारी सधान सञ्चालन हुन थालेका छन्। नगरले कालीगण्डकी करिडोर र कृषि सडकलाई मूल मार्ग मानेर अन्य सडक सञ्जाल विस्तार गरेको हो। यसअघि पूर्वाधार विकासको पहिलो खुड्किला मानिएको सडक नपुगेकाले अन्य पूर्वाधारको […]

कालीगण्डकी करिडोर

पर्वत।  उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको पर्वत खण्डमा पर्ने फलेबास–अर्मादी खण्डको ट्रयाक दुई वर्षमा पनि खुल्न सकेको छैन । कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको फलेवास नगरपालिकाको ढिकदेखि कुश्मा नरपालिकाको अर्मादीसम्मको खण्डमा पर्ने मोदीबेणीमा पहाड काट्न कठिन भएपछि ट्दुई ट्रयाक खोल्न समेत कठिन भएको छ । दुई वर्षमा कालोपत्रे समेत गर्ने लक्ष्य लिइएको भएपनि […]

कालीगण्डकी करिडोर : गैँडाकोट राम्दी सडकखण्ड अन्तिम चरणमा

काठमाडौँ- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वी नवलपरासीको गैँडाकोटदेखि पाल्पाको रामपुर जोड्ने कालीगण्डकी करिडोरको निर्माण अन्तिम चरणमा पुगेको छ । करिडोरको एक सय ३२ किलोमिटर सडकको निर्माण सुरु भएको ६ वर्षमा सम्पन्न हुन लागेसँगै स्थानीयवासीमा खुसी छाएको बुलिङटारका होमराज रानाभाटले बताए । पूर्वी नवलपरासीको गैँडाकोटबाट पाल्पाको राम्दी सम्मको एक सय ३२ किलोमिटर निर्माणको ठेक्का पाएको […]

कालीगण्डकी करिडोर : गैँडाकोट राम्दी सडकखण्ड अन्तिम चरणमा

राष्टिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वी नवलपरासीको गैँडाकोटदेखि पाल्पाको रामपुर जोड्ने  कालीगण्डकी करिडोरको निर्माण  अन्तिम चरणमा पुगेको छ । करिडोरको एक सय ३२ किलोमिटर सडकको निर्माण  सुरु भएको ६ वर्षमा सम्पन्न हुन लागेसँगै स्थानीयवासीमा खुसी छाएको बुलिङटारका होमराज रानाभाटले बताए ।पूर्वी नवलपरासीको गैँडाकोटबाट पाल्पाको राम्दी सम्मको एक सय ३२ किलोमिटर निर्माणको ठेक्का पाएको भारतीय कम्पनी इकेके कन्स्ट्रक्सन प्रालिले ८० प्रतिशत काम सकेको र अब २० प्रतिशत काम आगामी वैशाखसम