निषेधाज्ञामा वाणिज्य बैंकको व्यवसाय साढे ३५ अर्ब बढ्यो

काठमाडौं । सरकारले निषेधाज्ञा गरेको डेढ महीना बितिसकेको छ । यसबीचको १ महीनामा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आफ्नो व्यवसाय साढे ३५ अर्बभन्दा बढी थप्न सफल भएका छन् । कोभिड–१९ का कारण सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको १ महीनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह रू. ३५ अर्ब ५९ करोड वृद्धि भएको छ । जेठ अन्तिमसम्म कुल कर्जा रू. ३६ खर्ब ४६ अर्ब १० करोड पुगेको छ । बैंकहरूले १ महीनामै ३५ अर्ब ५७ करोड निक्षेप थपेका छन् । जेठ मसान्तसम्म कुल निक्षेप रू. ३९ खर्ब ९१ अर्ब १ करोडको हाराहारीमा पुगेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये चारओटा वाणिज्य बैंकको कर्जा प्रवाह घटेको छ । निषेधाज्ञाको १ महीनाको अवधिमा सबैभन्दा बढी लक्ष्मी बैंकको कर्जा प्रवाह घटेको छ । बैंकको कर्जा प्रवाह रू. ७९ करोडले संकुचन आएको छ । उसको कुल कर्जा रू. १ खर्ब ७ अर्ब १० करोड छ । नेपाल बंगलादेश बैंकको कर्जा वृद्धि ४५ करोडले घटेको छ । उसको कुल कर्जा रू. ६८ अर्ब ६८ करोड रहेको छ । यसअघि कर्जा प्रवाहमा आक्रामक देखिएको एनआईसी एशिया बैंकको समेत १ महीनामा रू. १५ करोडले कर्जा प्रवाह घटेको छ । यसको कुल कर्जा रू. २ खर्ब ६६ अर्ब ७६ करोड छ । प्रभु बैंकको १३ करोड रुपैयाँले कर्जा घटेको छ । उसको कुल कर्जा रू. १ खर्ब ४२ अर्ब ८१ करोड रहेको छ । जेठ मसान्तसम्मा सबैभन्दा बढी कर्जा वृद्धि गर्नेमा नबिल बैंक देखिएको छ । बैंकले एकै महीनामा रू. ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको थप कर्जा वृद्धि गरेको छ । उसको कुल कर्जा रू. १ खर्ब ९७ अर्ब ८५ करोड पुगेका छ । नबिलको कर्जापूँजी निक्षेप अनुपात (सीसीडी) ७९ दशमलव ६६ प्रतिशत रहेको छ । नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली यति बेला बैंकबाट नयाँ कर्जा नगए पनि प्रक्रियामा रहेका वा यसअघि रोकिएका पुराना कर्जा गएको बताउँछन् । निषेधाज्ञाले गर्दा व्यवसाय प्रभावित बनेको उनको भनाइ छ । ‘मान्छेहरू बाहिर निस्किन पाएका छैनन् । मालपोतदेखि सबै चहलपहल बन्द रहेकाले पनि बैंकको व्यवसाय केही प्रभावित छ । नयाँ कर्जा बन्द छ,’ उनले भने । नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट र ग्लोबल आईएमई बैंकले ३ अर्बसम्म थप कर्जा प्रवाह गरेका छन् । साढे २ अर्बदेखि पौने ३ अर्बसम्म थप कर्जा विस्तार गर्नेमा सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड र एनएमबी बैंक रहेका छन् । एक अर्बभन्दा माथि २ अर्बसम्म थप कर्जा वृद्धि गर्नेमा हिमालयन, सनराइज, नेपाल बैंक, कुमारी, नेपाल एसबीआई, सानिमा र प्राइम बैंक रहेका छन् । निषेधाज्ञाको १ महीनाको अन्तरमा थप कर्जा वृद्धिमा अगाडि देखिएको नबिल बैंकले निक्षेप संकलन वृद्धिमा पनि पहिलो स्थानमा रहेको छ । वैशाख मसान्तदेखि जेठ मसान्तसम्ममा उक्त बैंकले ५ अर्ब २ करोड रुपैयाँको थप निक्षेप वृद्धि गरेको छ । उसको कुल निक्षेप रू. २ खर्ब २१ अर्ब २१ करोड पुगेको छ । यस अवधिमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट र राष्ट्रिय वाणिज्य बैंकले रू. ४ अर्बभन्दा बढी थप निक्षेप संकलन गरेका छन् । २ अर्बदेखि ३ अर्बसम्मको थप निक्षेप संकलन बढाउनेमा सिटिजन्स, सानिमा, मेगा, नेपाल एसबीआई, स्ट्यान्डर्ड चार्टर्ड, बैंक अफ काठमाडौं, प्राइम, र कुमारी बैंक रहेका छन् । १ अर्बदेखि २ अर्बसम्मको थप निक्षेप बढाउनेमा नेपाल बंगलादेश, हिमालयन, माछापुच्छ्रे, ग्लोबल आईएमई बैंक रहेका छन् । १ अर्बभन्दा कम ५ करोडसम्मको थप निक्षेप बढाउनेमा सिभिल, सिद्धार्थ, सेञ्चुरी र लक्ष्मी बैंक रहेका छन् । आधा दर्जन वाणिज्य बैंकको निक्षेप संकलन संकुचनमा रहेको छ । प्रभु, एनआईसी एशिया, सनराइज, एभरेष्ट, एनएमबी र नेपाल बैंकको निक्षेप संकलन वृद्धि घटेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । सबैभन्दा कम निक्षेप संकलन गर्नेमा नेपाल बैंक रहेको छ । बैंकको निक्षेप संकलमा रू. ३ अर्ब ५६ करोडले संकुचन भई जेठ मसान्तसम्ममा कुल निक्षेप रू. १ खर्ब ५५ अर्ब ७६ करोड पुगेको छ ।

सम्बन्धित सामग्री

सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने

काठमाडौं । विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त रकम थप खर्च हुने अनुमान गरिएको छ । महासंघसँग सम्झौता भएलगत्तै मन्त्रालयको योजना महाशाखाले थप बजेट तयार गरेको हो । सो बजेटको बारेमा अर्थ मन्त्रालयले […]

दूरसञ्चारमा ३५ अर्ब राजस्व चुहावट

काठमाडौं, चैत २६। दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट नेपाल सरकारले पाउने राजस्वमा करिब ३५ अर्ब रूपैयाँ चुहावट भएको तथ्य फेलापरेको छ । तीन वर्षअघिसम्म सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट वार्षिक १ खर्ब २५ अर्ब रूपैयाँ राजस्व संकलन गर्दै आएकोमा अहिले घटेर ९० अर्ब रूपैयाँमा सीमित भएको छ । मोबाइल फोन तथा इन्टरनेट प्रयोगकर्ताको संख्या बृद्धि हुँदै […]

रोनाल्डोपछि साउदीबाट मेस्सीलाई आकर्षक प्रस्ताव, वार्षिक ३५ अर्ब कमाउन जालान् ?

मेस्सीलाई वार्षिक चार सय मिलियन युरो अर्थात् ३५ अर्ब ९० करोड रुपैयाँ तिरेर अल–हिलालले खरिद गर्न चाहेको समाचार आएका छन् । जुन रोनाल्डोको कमाईभन्दा बढी हो ।

विश्व बैंकबाट ३५ अर्ब सहुलियत ऋण लिइने

सरकारले विश्व बैंकबाट उपलब्ध हुने रु ३५ अर्ब अर्थात् (दुई सय ७५ मिलियन डलर) सहुलियत ऋण स्वीकृत गरेको छ । उक्त रकम यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च हुने बताइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् वैठकले गरेको निर्णय आज यहाँ सार्वजनिक गर्दै यातायात तथा व्यापार आबद्धता अभिवृद्धि …

विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ ऋण लिने सरकारकाे निर्णय

काठमाडौँ– सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने २ सय ७५ मिलियन अमेरिकी डलर अर्थात करिव रु ३५ अर्ब रुपैयाँ […]

सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ ऋण लिने

काठमाडौँ- सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ सहुलियत ऋण लिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले विश्व बैंकबाट ३५ अर्ब ऋण लिने निर्णय गरेको हो। सरकारले यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको हो।

गण्डकी प्रदेश सरकारले ल्यायो ३५ अर्ब ९० करोडको बजेट

गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट सार्वजनिक गरेको छ । प्देश सभाको बुधबारको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।  बजेटले स्वास्थ्यसँगै...

गण्डकीको बजेट ३५ अर्ब ९० करोड (पूर्णपाठ)

१ असार, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट बुधबार प्रदेशसभामा पेश गरेका हुन् । चालु आर्थिक वर्षमा भन्दा करिब ६ […]

पाँच दर्जन औषधि उद्योगमा ३५ अर्ब लगानी

मुलुकमा सयभन्दा बढी औषधि उद्योग दर्ता भए पनि झन्डै साढे पाँच दर्जनमात्र सञ्चालनमा रहेको र यी उद्योगमा ३५ अर्ब रुपैयाँ लगानी भइसकेको एक अध्ययनले देखाएको छ । उद्योग विभागले गरेको अध्ययनअनुसार नेपाल औषधिमा आत्मनिर्भर बन्ने सम्भावना देखिए पनि नीतिगत व्यवस्थाको कार्यान्वयन जरुरी छ ।विभागले एभरेष्ट कन्सल्टेन्सीमार्फत गरेको अध्ययनअनुसार औषधि उद्योगहरूको कुल लगानी ३५ अर्ब रुपैयाँभन्दा […]

काँकडभिट्टामा ३५ अर्ब व्यापार घाटा

झापाको पूर्वी नाका काँकडभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा रू ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा रू ३५ अर्ब ८५ करोड व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए। उनका अनुसार यो नाकाबाट गत आवमा रू ४८ अर्ब ५ करोडको वस्तु आयात भएको छ भने रू १२