अधिकांश मन्त्रालयको रिपोर्टकार्ड कमजोर, सचिव बैठकका १२ निर्णय कार्यान्वयनमा आउलान् ?

काठमाडौं, असार २१ । वर्तमान सरकारका अधिकांश मन्त्रालयको कार्यप्रगति विवरण (रिपोर्टकार्ड) कमजोर देखिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको ६ महिनाको अवधिमा धेरैजसो मन्त्रालयको कार्यप्रगति कमजोर देखिएको भन्दै सचिव बैठकमा समिक्षा भएको छ । मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा हालै बसेको सचिवहरूको बैठकले मन्त्रालयको कार्यप्रगति कमजोर रहेको ठहर गर्दै प्रधानमन्त्री तथा […]

सम्बन्धित सामग्री

बेथिति बढेको भन्दै निगरानी बढाउन मुख्यसचिवसहित सचिवहरूलाई अख्तियारको निर्देशन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव शङ्कर दाश वैरागीसहित विकासे मन्त्रालयका सचिव, अन्तर्गतका बोर्ड, संस्थान तथा विभागीय प्रमुखहरूसहित चार दर्जन बढी कर्मचारीलाई बोलाएर दिनभर बैठक गरेको छ । मंगलबार बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म विभिन्न चरणमा आफ्नै कार्यालय टंगालमा बोलाएको आयोगले बढ्दै गएको उजुरी, निर्णय तथा निर्देशन कार्यान्वयनमा संवेदनशील हुन सचेत गराएको हो ।  अख्तियारले […]

‘मन्त्रीको कुर्सी त बन्धन रहेछ, पार्टी सचिव हुँ तर जिम्मेवारी छैन’

एमालेसँग विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी रामकुमारी झाँक्री नयाँ पार्टी बनेसँगै मन्त्री पनि भइन् । ८ महिना २० दिन मन्त्री भएकी झाँक्रीलगायतका चार जनालाई पार्टीले फिर्ता बोलाउँदा उनीहरुले केही ‘रिजर्भेसन’ राखे । सोही कारण पार्टीको निर्णय कार्यान्वयनमा ढिलाई हुनपुग्यो । अध्यक्ष माधव नेपालले पुरानालाई फिर्ता बोलाएर नयाँ मन्त्रीको लिस्ट प्रधानमन्त्रीलाई बुझाइसक्दा पनि केही दिन गलफत्ती भयो । पार्टीले निर्णय गरिसक्दा पनि पुराना मन्त्रीहरु न

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ। यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ।सरकारले यो निर्णयलाई एकडेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनरवलोकन गर्ने बताउँदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए। सातामा दुई दिन बिदा द

‘जेष्ठ पत्रकार वृत्ति’ कार्यान्वयनमा आउने महासंघको विश्वास

सरकारले जेष्ठ पत्रकारलाई  ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेकोमा नेपाल पत्रकार महासंघले कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ । यही फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णयबाट जेष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको थियो ।  उक्त निर्णयअनुसार ६५ वर्षदेखि ६९ वर्ष उमेर समुहका जेष्ठ पत्रकारलाई मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्म

निर्णय यथाशीघ्र कार्यान्वयन गर्न सचिवहरूलाई मुख्यसचिवको निर्देशन

काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिबाट भएका निर्णयहरू यथाशीघ्र कार्यान्वयनमा ल्याउन सम्बन्धित सबै मन्त्रालय तथा निकायहरूलाई निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव वैरागीको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा उपस्थित सचिवहरूलाई सो निर्देशन दिइएको हो । बैठकले समसामयिक विषयमा छलफल तथा थप […]

लुम्बिनीमा एमाले : प्रदेश कमिटीसँगै हरेक जिल्लामा तोकियो जिम्मेवारी

१० बुँदे सुझाव कार्यान्वयन गर्न लुम्बिनी प्रदेश संगठन कमिटीको बैठक भदौ २२ मा सम्पन्न भएको छ । बैठकले लुम्बिनीका १२ वटै जिल्लामा उक्त निर्णय कार्यान्वयनमा लैजाने गरी सर्वसम्मत निर्णय गरेको छ ।  बैठकले प्रदेश कमिटीको अध्यक्षमा लीला गिरी, उपाध्यक्षमा खेममान खड्का, सचिवमा भूमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारुलाई चयन गरेको छ ।  कार्यालय सचिव बलराम अधिकारी यथावत् रहने छन् । १० बुँदे सुझाव रचनात्मक रुपमा कार्यान्वयन गर्ने क्रममा जिल्लाले पनि नेतृत्व प्राप्त गरेका छन् ।  बर्दिया अध्यक्ष- लालबहादुर श्रेष्ठ,  ...

राजस्व सचिव बने कृष्णहरि पुष्कर

भदौ १२, काठमाडौं । सरकारले अर्थ मन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्करलाई पदस्थापन गर्ने निर्णय गरेको छ । हालैको मन्त्रिपरिषदको बैठकले कृष्णहरि पुष्कर कर्णलाई राजस्व सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो ।पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अतिरिक्त समूहमा राखिदै आइएको थियो । उनको पदस्थापनसँगै राजस्व सचिव पदपूर्ती भएको छ । यसअघि राजस्व सचिवको जिम्वेबारीमा रामशरण पुडासौनी थिए । उनी अवकश भएसँगै विगत डेढ महीनादेखि सो पद रिक्त हुँदै आएको थियो । २०५३ सालमा निजामती सेवामा प्रवेश गरेका पुष्करलाई सरकारले गत असारमा सचिवमा बढुवा गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा गृह, श्रम मन्त्रालयअन्तर्गतका विभिन्न निकायको विभागीय जिम्वेबारीमा रहेर लामोसमय काम गरिसकेका पुष्कर राजस्व बुझेका व्यक्ति भने त्यति होइनन् ।  राजस्व सचिवमा पदस्थापन भएका पुष्करमाथि महामारीले असर पारिरहेको अर्थतन्त्रसँगै राजस्व प्रशासनलाई सुधार्नेदेखि राजस्व चुहावट रोक्ने, बलियो तवरले राजस्व संकलन कार्ययोजना बनाई कार्यान्वयनमा लैजानुपर्ने चुनौती आइपरेको छ ।

सचिवकै कार्यक्षमतामा गम्भीर प्रश्न

आफ्नो प्रत्यक्ष सहभागितामा बस्ने उच्चस्तर बैठकले गरेका निर्णय कार्यान्वयन गर्न नसक्दा विभिन्न मन्त्रालय र निकाय सचिवको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न उठेको छ । मुख्य सचिव शंकरदास वैरागीले सबै मन्त्रालय र निकाय सचिव बैठक नियमित राखेर महŒवपूर्ण निर्णय गरे पनि कार्यान्वयनमा सचिवले नै उदासीनता देखाउने गरेको बताएका छन् । आफ्नै सहभागितामा बस्ने बैठकका निर्णय कार्यान्वयन गर्न सचिवलाई ‘कुन तŒवले रोक्छ ?’ भन्ने प्रश्न आमरूपमै उठ्न थालेको पाइएको छ । राजनीतिक नेतृत्वले समेत यो विषयलाई खासै प्राथमिकता दिन नसक्दा सिंग...